एसिया कप क्रिकेट : सम्झना खड्काको शानदार ब्याटिङ, यूएईमाथि नेपालको जित

काठमाडौं। एसिया कप महिला क्रिकेटअन्तर्गत पहिलो खेलमा नेपालले यूएईलाई ६ विकेटले हराएको छ। टस जितेर पहिला फिल्डिङ रोजेको नेपालले ११६ रनको लक्ष्य पाएको थियो।

Advertisement 1

जवाफमा ब्याटिङ उत्रेको नेपालले सम्झना खड्काको शानदार ब्याटिङको मद्दतमा २३ बल अघि नै खेल जिेको हो। ओपनर सम्झना खड्काले ४५ बलमा ११ चौकाको मद्दतमा नटआउट ७२ रन बनाइन्।

Advertisement 2

नेपालका लागि रुबिना क्षेत्रीले १० रन बनाइन्। कप्तान इन्दु बर्माले ७ तथा पुजा महतोले ७ रनको योगदान दिइन्। यसअघि टस हारेर पहिला ब्याटिङ गरेको यूएईले खुसी शर्माको ३६ रनको मद्दतमा ११५ रन बनाएको थियो।

यूएईका लागि कविसा एगोडेजले २२ तथा समीरा धरणाीधरकाले १३ रनको योगदान दिइन्। नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक ३ विकेट लिइन््। नेपालको यसपछिको खेल आइतबार पाकिस्तानी टीमसँग रहेको छ।

प्रकाशित :२०८१ श्रावण ४, शुक्रबार १७:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry