महिला क्रिकेट एसिया कप : यूएईसँग टस जितेर फिल्डिङ गर्दै नेपाल

Indu Barma of Nepal and Esha Oza of United Arab Emirates at toss during the ACC Women's T20 Asia Cup 2024 match between UAE and Nepal at the Rangiri Dambulla International Cricket Stadium, Dambulla, Sri Lanka, on July 19, 2024. Photo Credit : Deepak Malik / Asian Cricket Council / CREIMAS RESTRICTED TO EDITORIAL USE

काठमाडौं। एसिसी महिला एसिया कप क्रिकेट पहिलो खेलअन्तर्गत शुक्रबार दिउँसो भइरहेको खेलमा नेपालले टस जितेर फिलिडङ रोजेको छ।

Advertisement 1

यूएईसँग टस जितेर फिल्डिङको निर्णय नेपाली टिमकी कप्तान इन्दु बर्माले लिएकी हुन्। खेल श्रीलंकाको ‘दाम्बुल्ला इन्टरनेशनल स्टेडियम’मा अहिले सवा २ बजेदेखि हुने तय गरिएको छ।

नेपाली महिला टोलीले तेस्रोपटक प्रतिस्पर्धा गर्न लागेको हो। यसअघि नेपाल सन् २०१२ र २०१६ मा एसियाकपमा सहभागी भएको थियो। ती दुवै प्रतियोगितामा नेपाल पराजित भएको थियो।

Advertisement 2

समूह ‘ए’ मा नेपाल, पाकिस्तान र भारत छन्। समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड छन्। साँझ भारत र पाकिस्तानबीच सवा ७ बजेदेखि एसियाको कपको अर्को खेल हुनेछ।

प्रकाशित :२०८१ श्रावण ४, शुक्रबार १४:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry