सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलाको डेढ लाख रूपैयाँ नजिक

काठमाडौं। नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च मूल्यमा पुगेको हो। महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँ कायम भएको छ।

Advertisement 1

यसअघि मंगलबारको तुलनामा छापावाल सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेको महासंघले जानकारी दिएको छ। मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै बुधबार तेजावी सुन १ लाख ४९ हजार १ सय रुपैयाँ कायम भएको छ।

चाँदीको मूल्य मंगलबारको तुलनामा बुधबार २० रुपैयाँ प्रतितोलाका दरले बढेको छ। बुधबारका लागि चाँदी प्रतितोला १ हजार ८९५ रुपैयाँका दरले कारोबार हुने महासंघले जानकारी दिएको छ।

प्रकाशित :२०८१ श्रावण २, बुधबार ११:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry