सिमलताल बस दुर्घटना : पौडिएर जोगिए ३ जना

पहिरोले बस त्रिशुलीमा बगाएपछि खोजीको तयारी चितवन, २८ असारः नारायणगढ मुग्लिन सडक खण्डको सिमतल तालमा शुक्रबार बिहान गएको पहिरोले बस त्रिशुलीमा बगाएपछि खोजीको तयारी गर्दै सुरक्षा निकायका अधिकारीहरु । तस्बिरः नारायण अधिकारी÷रासस

चितवन। नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा गएको पहिराले त्रिशूलीमा बस खस्दा बाँच्न सफल भएका तीन जनाको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। एक जनाको भरतपुर अस्पतालमा र दुईको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। उनीहरू काठमाडौँबाट रौतहट गौरका लागि छुटेको गणपति डिलक्स बसमा सवार थिए। तीमध्ये रौतहटका नन्दन यादवले बसको सिसा फुट्दा झ्यालबाट निस्किएर बाँच्न सफल भएको बताए। ‘बसमा हामी ३० देखि ३५ जना थियौँ। त्यसमध्ये तीनजना त्रिशूलीमा खसेको बसको सिसा पुटेपछि बाहिर निक्सियौँ, पौडिएर बाँच्न सफल भयौँ,’ उनले भने।

Advertisement 1

खाना खाएर बस चढेको एक घण्टापछि बस दुर्घटना भएको उनले बताए । ‘हामी गाडीबाट कसरी बाहिर निस्कियौँ भन्नेसमेत थाहा छैन, एकैपटक पानीमा झरेपछि मात्र सबै थाहा पायौँ,’ उनले भने, ‘बस पानीमा धेरै मुनी पुगेको थियो। हामी झ्यालबाट खसेपछि पौडी खेल्दै खेल्दै नदी किनारमा आएर बाँच्न सफल भयौँ।’

टाउकोमा चोट लागेका यादवको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। उपचार गरेर फर्किँदै गरेका गरुडा–९ रौतहटका जुगेश्वर राय यादवले आफ्नो परिवारका चारजना बाहिर निस्किन नसके पनि आफू त्रिशूलीबाट बाहिर निस्किएको बताए। बसमा उनका ३५ वर्षीय छोरी, १० वर्षीय छोरा, सात वर्षीया नातिनी र दुई वर्षीय नाती सवार थिए। काठमाडौँमा उपचार गरेर घर फर्कँदै गर्दा उनको परिवारका पाँचजना दुर्घटनामा परेका छन्।

Advertisement 2

बस पहिरोमा पर्नुअघि आधा घण्टा जति जाम परेको भन्दै उनले भने, ‘जाम खुलेसँगै विस्तारै अघि बढ्ने क्रममा त्रिशूलीमा खसेको हो। बसको सिसा फुटेपछि बाहिर निस्कन सफल भए, अर्को गाडीको सहयोगमा उपचारका लागि अस्पताल पुगेको हुँ।’ उनको पनि चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। भरतपुर अस्पतालमा उपचाररत रौतहटकै सरोजकुमार गुप्ता डिस्चार्ज भएका छन्।

सामान्य अवस्थामा रहेका उनको उपचारपछि डिस्चार्ज गरिएको हो। हाल बेपत्ता रहेको बसको खोजिकार्य जारी छ। नेपाली सेना र सशस्त्र प्रहरीको गोताखोर टोली बसको खोजी र सवार यात्रुको उद्धारमा लागेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए।

प्रकाशित :२०८१ असार २८, शुक्रबार १४:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry