ढुंगा लागेर चालकको मृत्यु

पहिरोले बस त्रिशुलीमा बगाएपछि खोजीको तयारी चितवन, २८ असारः नारायणगढ मुग्लिन सडक खण्डको सिमतल तालमा शुक्रबार बिहान गएको पहिरोले बस त्रिशुलीमा बगाएपछि खोजीको तयारी गर्दै सुरक्षा निकायका अधिकारीहरु । तस्बिरः नारायण अधिकारी÷रासस

चितवन। भरतपुर महानगरपालिका–२९ स्थित १७ किलोमा लेदोसहितको ढुंगा लागेर बस चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा नवलपरासीको सुनवल नगरपालिका–४ का ३६ वर्षीय मेघनाथ विक रहेका छन्।

Advertisement 1

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार बुटवलबाट काठमाडौँ जाँदै गरेको लु२ख ६५६६ नम्बरको बसका चालक विकलाई लेदोसहितको ढुंगाले लागेको थियो।

आज बिहान दुर्घटनामा गम्भीर घाइते भएका विकको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको उनले जानकारी दिए। दुर्घटनापछि बसमा सवार यात्रु अलपत्र परेका छन्।

प्रकाशित :२०८१ असार २८, शुक्रबार १०:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry