मिरा बायोटेक र नेपाल एसबिआई मर्चेण्ट बैंकिङबीच सम्झौता

काठमाडौं। मिरा बायोटेक कम्पनी र नेपाल एसबिआई मर्चेण्ट बैंकिङबीच
सम्झौता गरिएको छ। दुइटै कम्पनीबीच वित्तीय परामर्श सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता गरिएको हो।

Advertisement 1

सम्झौतामा मिरा बायोटेकका प्रमुख कार्यकारी अधिकृत सुशील पौडेल र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडका प्रबन्ध सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले हस्ताक्षर गरेका छन्। मिरा बायोटेक डब्ल्युएचओको मापदण्डअनुसार औषधि उत्पादन गर्दै आएको कम्पनी हो।

कम्पनीले स्थानीय र विदेशी बजारहरुका लागि औषधीजन्य ठोस खुराक उत्पादन तथा वितरण गर्दै आएको छ। वित्तीय परामर्शअन्र्तरगत नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले वित्तीय नुन–संरचना, वित्तीय व्यवस्थापन, व्यवसायिक योजना र संस्थाको संरचना हेरफेरलगायत सेवा उपलब्ध गराउँदै आएको छ।

प्रकाशित :२०८१ असार ६, बिहीबार १७:२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry