एनसेल र नेपाल युवा परिषद्ले ७ हजार ७ सय बिरुवा रोप्ने
काठमाडौं। निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेल र नेपाल युवा परिषद्ले सातै प्रदेशमा ७ हजार ७ सय बिरुवा रोप्ने भएका छन्। त्यसका लागि विश्व वातावरण दिवसको अवसरमा एनसेल र परिषद्बीच सम्झौता गरिएको छ। ‘एक युवा, एक विरुवा’ अभियान सुरु गरेर सोअन्तर्गत आगामी असार १४ गते ‘राष्ट्रिय वृक्षारोपण दिवस २०८१’ को दिन देशभर वृक्षारोपण गरिने एनसेलले जानकारी दिएको छ।
Advertisement 1
‘एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत नेपाल युवा परिषद्सँग गरेका समझदारी अनुरुप एक युवा एक विरुवा अभियानमा प्रत्येक जिल्लाका १०० जना युवाले एक विरुवा वृक्षारोपण गर्ने छन्,’ एनसेलको विज्ञप्तिमा भनिएको छ, ‘यो अभियान प्रदेश तथा स्थानीय सरकारको संयुक्त सहकार्यमा गरिनेछ। वृक्षारोपण गरिएका हरेक विरुवाको हेरचाहको जिम्मेवारी वृक्षारोपणमा भाग लिएका युवाको हुनेछ।’