ऋणीलाई एनआईसी एशिया बैंकको छूट, यस्तो छ योजना

काठमाडौं। एनआईसी एशिया बैंकले मुलुकको आर्थिक शिथिलतालाई मध्येनजर गर्दै आफ्ना ऋणीलाई छूट दिनेसम्बन्धी योजना सार्वजनिक गरेको छ।

Advertisement 1

बैंकले चैत मसान्तसम्म भाका नाघेका कर्जाको हकमा यही असार मसान्तभित्र चुक्ता गरेमा जरिवाना र हर्जनामा शतप्रतिशत छुट दिने व्यवस्था गरेको हो।

त्यस्तैसाधारण वक्यौता ब्याज रकममा समेत छुट दिइने बैंकले जानकारी दिएको छ। त्यसका लागि बैंकले विभिन्न योजना सार्वजनिक गरेको छ।

Advertisement 2

मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जालगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जामा मर्कामा परेका ग्राहकले उक्त योजनाको लाभ लिन सक्ने बैंकले जानकारी दिएको छ।

प्रकाशित :२०८१ असार २५, मंगलवार १८:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry