को–को प्रहरी छानबिनमा ?

प्रहरी प्रधान कार्यालयले सिन्धुलीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक आभुषण तिमल्सिनालाई कारबाहीस्वरूप हेडक्वार्टर तानेको छ।
तिमल्सिना तीन महिनाअघि पुस २१ गतेमात्रै सिन्धुली सरूवा भएका थिए। कमजोर कार्यक्षमता, आन्तरिक तथा बाह्य रूपमा समय अनुकूलको सेवा दिन नसकेकाले उनको काज सरुवा गरिएको प्रहरी महानिरीक्षकको सचिवालयले जनायो। उनलाई हटाएर गत साता गोविन्द थपलियालाई सिन्धुली पठाइयो ।यसअघि बाग्लुङका एसपी लोकेन्द्र श्रेष्ठलाई पनि ६ महिनामै जिल्लाबाट हटाइएको थियो । नेपाल प्रहरीमा तिमल्सिना र श्रेष्ठ यस्ता प्रहरी अधिकृत हुन्, जसले कार्यालय प्रमुखका रुपमा आफ्नो कार्यकाल विरलै पूरा अवधि काम गरेका छन् ।तिमल्सिना यसअघि स्याङजा र कैलालीबाट पनि केही महिनामै हटाइएका थिए । इन्सपेक्टरमा दरबारमार्ग हुँदा पनि उनी अनेक काण्डमा परे । तर, उनको कार्यशैली सुध्रिएको छैन ।

Advertisement 1

अन्य जिल्लाका केही एसपीमाथि समेत छानबिन भइरहेको स्रोत बताउँछ । मकवानपुरका एसपी सोमेन्द्रसिंह राठौरलाई पनि प्रहरी प्रधान कार्यालयले स्पष्टिकरण सोधेको छ । क्रसरबाट पैसा उठाउन लागेको र घुुमवा परिचालन गरेर पैसा उठाएको उजुरी माथिल्लो निकायमा पुगेको छ ।

उता प्रहरी प्रधान कार्यालयले उपत्यकाका वृत्तका डिएसपीहरु पनि हेरफेर गर्न लागेको छ । बौद्ध तथा अनामनगर वृत्तका डिएसपीको एक वर्ष पुगिसकेको छ । अन्य केही वृत्तका डिएसपीको १० महिना पुगेको खबर दृष्ट्रि साप्ताहिकले छापेको छ ।

प्रकाशित :२०७७ चैत्र १७, मंगलवार १२:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry