सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, तोलाकै १ लाख ४५ हजार

काठमाडौं। नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। शुक्रबार सुन प्रतितोला १ हजार रुपैयाँले बढ्दै मूल्यमा नयाँ कीर्तिमान कायम गरेको हो। बिहीबार पनि हालसम्मकै उच्च पुगेको सुनको मूल्यले शुक्रबार पनि नयाँ रेकर्ड बनाएको हो।

Advertisement 1

शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४५ हजार रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार रुपैयाँ रहेको थियो। प्छिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आइरहेको उतारचढावका कारण नेपाली बजारमा पनि सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ।

शुक्रबारका लागि तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार ३ सय रुपैयाँ कायम गरिएको महासंघले जानकारी दिएको छ। बिहीबारको तुलनामा शुक्रबार चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। बिहीबार प्रतितोला १ हजार ८५० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबारका लागि १ हजार ९ सय रुपैयाँ प्रतितोला तोकिएको छ।

प्रकाशित :२०८१ जेष्ठ २५, शुक्रबार ११:२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry