स्रोत नखुलेको १ करोड रुपैयाँ सुनसरीबाट बरामद

काठमाडौं। सशस्त्र प्रहरीले सुनसरीबाट स्रोत नखुलेको १ करोड १ लाख रुपैयाँ बरामद गरेको छ। शनिबार राति सुनसरीको हरिनगर गाँउपालिका-५ दुर्गा मन्दिरस्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बसन्तपुरको चेक पोइन्ट टोलीले घुस्की नाकाबाट हरिनगरतर्फ जादैँ गरेको बा १६ च ७६१३ नम्बरको कारबाट उक्त रकम बरामद गरेको हो।
Advertisement 1
कार चेकजाँच गर्दा कारभित्र बोरामा लुकाइछिपाइ राखेको अवस्थामा सो रकम बरामद गरिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।
बरामद भएको रकममा १ हजार दरको नोट ९ हजार ७ सय थान (९७ लाख ) र ५ सय दरको ८ सय थान (४ लाख) रहेको छ। रकमसँगै कार र चालक हरिनगर गाँउपालिका-५ बस्ने अन्दाजी ३७ वर्षीय ईसा अन्सारीलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित :२०८१ जेष्ठ २०, आईतवार ०८:४३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%