‘बजेट सन्तुलित आएको छ, बजेट बनाउने टिम सन्तुष्ट छ’
काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट सन्तुलित आएको बताएका छन्। मंगलबार सार्वजनिक आगामी आर्थिक वर्षको बजेटका विषयमा बुधबार पत्रकार सम्मेलन गर्दै मन्त्री पुनले बजेट सन्तुलित आएको बताएका हुन्।
Advertisement 1
उनले बजेट सन्तुलित आएका कारण बजेट बनाउने टिम पनि सन्तुष्ट रहेको बताए। ‘प्रतिपक्ष र व्यवसायीका प्रतिकृया हेर्दा बजेट सन्तुलन आएको छ,’ उनले भने, ‘ बजेट बनाउने टिम सन्तुष्ट नै छौँ।’
बजेट निर्माणको क्रममा सरोकारवालासँग छलफल गरिएकाले समेत आगामी आर्थिक वर्षको बजेट विवादित नबनेको उनको भनाइ थियो। साथै विभिन्न वस्तुमा लगाइएको तथा हटाइएको करका विषयमा पनि तीनमहले बनाएर पुष्टिसहित निर्धारण गरिएको मन्त्री पुनको भनाइ थियो।
Advertisement 2
केही प्राविधिक त्रुटीबाहेक आगामी आर्थिक वर्षको बजेट सन्तुलित रहेको उनको जिकीर थियो। चालु आर्थिक वर्षलका केही प्रक्ष्येपण नमिलेका कारण बजेट बनाउँदा आफूहरु निकै दबाबमा रहेको मन्त्री पुनले बताए।
बजेट निजी क्षेत्रमैत्री, नीजी क्षेत्रलाई साथै लिएर जाने किसिमको आएको र निजी क्षेत्रको समेत संलग्नतामा पूर्वाधारहरू लगानी गर्ने नीति सरकारले लिएको मन्त्री पुनले बताए।