आगामी आर्थिक वर्षको बजेट १८ खर्ब ६० अर्ब ३० करोड

अर्थमन्त्री पुन – व्रिफकेश काठमाडौँ, १५ जेठ ः अर्थमन्त्री वर्षमान पुन मङ्गलबार सङ्घीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१÷०८२ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्न बजेट पुस्तकसहितको व्रिफकेश लिएर संघीय संसद हल प्रवेश गर्दै । तस्बिर ः प्रदीपराज वन्त÷रासस

काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८१/८२का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री वर्षमान पुनले मंगलबार आगामी आर्थिक वर्षको बजेट सार्वजिनक गर्दै उक्त जानकारी गराएका हुन्।

Advertisement 1

उनका अनुसार आगामी आर्थिक वर्षका लागि चालूगत बजेटतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ विनियोज गरिएको छ। त्यस्तै पुँजीगत बजेटतर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड रुपैयाँ विनियोजन गरिएको छ। त्यस्तै वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब १८ करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री पुनले जानकारी गराए। आगामी वर्षका लागि विनियोजन गरिएको कुल बजेट चालू आर्थिक वर्षको बजेटको तुलनामा ६.२ प्रतिशत बढी हो।

आगामी आर्थिक वर्षमा सरकारले १२ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ। त्यस्तै वैदेशिक अनुदानबाट ५२ अर्ब ३३ करोड रुपैयाँ उपलब्ध हुने अर्थ मन्त्री पुनले बताए। आगामी आर्थिक वर्षमा सरकारले २ खर्ब १७ अर्ब ६७ करोड रुपैयाँ वैदेशिक ऋण लिने योजन बनाएको छ। त्यस्तै ३ खर्ब ३० अर्ब रुपैयाँ आन्तरिक ऋणबाट उठाउने योजना सरकारको छ।

प्रकाशित :२०८१ जेष्ठ १५, मंगलवार १६:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry