पहिराले उठिबासको त्रास’

भौगोलिकरुपमा विकट र विकासका हिसाबले पिछडिएको मात्र छैन प्राकृतिक प्रकोपले आक्रान्त भएको छ । सडकको सहज पहुँच पुग्न नसकेको यस वडाको लमसुङ र खोरियामा पहिराको जोखिम बढेको छ । गाउँ नै पहिराको जोखिममा रहनाका साथै गत भदौ २० गते आएको बाढीले लघुजलविद्युत् परियोजना बगाएपछि अन्धकार पनि हुँदै आएको छ ।

Advertisement 1

परियोजनाको विद्युत् गृहसहित मुहान र बिजुलीको खम्बासमेत बगाएकाले अहिलेसम्म दरखोला दोस्रो लघुजलविद्युत् परियोजना पूर्णरुपमा बन्द हुँदा गाउँका ३५४ घरधुरी विद्युत् सुविधाबाट बञ्चित भएका छन् । त्रिचालिस किलोवाट क्षमताको लघु जलविद्युत् परियोजना बगाएर गाउँ नै अन्धकार बनाएको अवस्थामा गत कात्तिक ५ गते खसेको पहिराले लुलाङवासीमा त्रास बढाएको छ । दरखोलाको कटानले पनि बस्तीमुनिको पाखो बग्न थालेपछि चार घर विस्थापित भैसकेको छ ।

अहिले हिउँदयाम भएकाले पुनःसोही ठाउँमा बस्दै आए पनि पहिराको जोखिम नहटेको स्थानीय पलु पुनको गुनासो थियो । “हाम्रो उठिबास लाग्ने भएको छ, पहिरो जाँदा केही समय घर छाडेर निस्किएका थियौँ, अहिले वैकल्पिक बासको व्यवस्था नहुँदा पुनःपहिराको जोखिमका बीच पनि घरमा फर्किएका छौँ, तर अब यहाँ लामो समय बस्ने अवस्था देखिएको छैन, पहिरो रोकथामतर्फ कुनै काम पनि भएको छैन”, उनले भने । पहिराले ज्ञानबहादुर पाइजा, रनप्रसाद पाइजा, दलबहादुर राना र पलु पुनको घर उच्च जोखिममा रहेको देखिन्छ । बस्तीसँगै रहेको स्वास्थ्य चौकी, पशु सेवा केन्द्र, हुलाक र लमसुङ माध्यमिक विद्यालयसमेत पहिराको चपेटामा परेका छन् । दरखोलाकै कटानले यहाँको बगरका मनप्रसाद सुनार, अथमा बुढा, लीलबहादुर बुढा र कृष्ण गौचनको घरसमेत जोखिममा परेको छ ।

Advertisement 2

पहिराले करिब रू १५ करोडभन्दा बढीको भौतिक पूर्वाधारमा क्षति पुर्‍याउने जोखिम बढेका कारण तत्काल नदीको कटान रोकथाम र पहिरो नियन्त्रणका लागि ग्याविन जाली लगाउने काम गर्नुपर्ने स्थानीय अगुवा ज्ञानबहादुर पाइजाले बताए । “पहिले लमसुङ गाउँदेखि माथिको पहिराले सतायो त्यो पहिरो रोकिनसक्दै बस्तीमुनिबाट पहिराले त्रास सिर्जना गरेको छ, यो हिउँदमा तटबन्ध र ग्याविन जाली लगाउने काम गर्न नसके आगामी वर्षात्मा बाढी र पहिराले गाउँमा ठूलो क्षति निम्त्याउने निश्चित छ”, उनले भने ।

स्वास्थ्य चौकीलगायत पूर्वाधार बनाउन ठूलो सङ्घर्ष भएको स्मरण गराउँदै उनले पहिरो रोकथाम नभए बस्तीसँगै स्वास्थ्य चौकीसमेत बग्ने जोखिम रहेको बताए । मुना–ढोरपाटन सडकले खोरियाको धराटोलको १३ घर पहिराको जोखिममा पारेको स्थानीयवासीको भनाइ थियो । सिङ्गो वडाका अधिकांश बस्ती पहिराको चपेटामा पर्दासमेत पहिरो नियन्त्रण र रोकथामका लागि कुनै पनि तहका सरकारले चासो नदिएको उनीहरूको गुनासो थियो । यसअघि लमसुङ गाउँको शिरबाट खस्न सुरु गरेको जुगेपानीको पहिराले वर्षौंसम्म स्थानीयवासीलाई त्रासमा बस्न बाध्य बनाएको थियो ।

प्रकाशित :२०७८ पुष २६, सोमबार १५:०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम