स्वदेशकै श्रमबजारलाई आकर्षक बनाउनुपर्छः मन्त्री यादव

विराटनगर। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले मुलुकको श्रमबजारलाई आकर्षक बनाउन गम्भीर रूपमा सोच्नुपर्ने बताएका छन्।

Advertisement 1

विराटनगर महानगरपालिका–३ मदनगरमा नवनिर्मित श्रम तथा रोजगार कार्यालय भवनको आज उद्घाटन गर्दै उनले स्वदेशमै रोजगारी मर्यादित, सुरक्षित र सम्मानजनक बनाउन आवश्यक रहेको बताए।

मन्त्री यादवले भने, “सरकारले रोजगार प्रवद्र्धन दशक घोषणा गरेको छ। उक्त घोषणाअनुरुप स्वदेशमै पर्याप्त अवसर सिर्जना गरी युवा जनशक्तिलाई राष्ट्र निर्माणमा जोड्ने हाम्रो लक्ष्य छ।”

Advertisement 2

नेपालको श्रमबजार युवामैत्री बनाउन सरकारले विशेष पहल गरिरहेको बताउँदै उनले बदलिँदो श्रमबजारको माग र श्रमिकको आकाङ्क्षालाई सम्बोधन गर्नेगरी पहिलो पटक श्रमनीति निर्माण भइरहेको जानकारी दिए।

मन्त्री यादवले रोजगारीका अवसर, आवश्यक योग्यता र सीप तथा श्रमबजारको मागलगायतका सूचनालाई एकीकृत गरी रोजगारदाता र रोजगारीको खोजीमा रहेकाबीच अर्थपूर्ण संवाद गर्न ‘श्रम संसार’ प्रणाली स्तरोन्तति गरिएको बताए। मन्त्रालयका सचिव डा दीपक काफ्लेले श्रमिकको अधिकार संरक्षण गर्न सरकारले निरन्तर प्रयास गरिरहेको जानकारी दिए।

Advertisement 3

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले श्रम तथा रोजगार कार्यालयबाट सम्पादन हुने कार्य गुणस्तरीय, चुस्त हुनुपर्ने आवश्यकता औँल्याए। श्रम तथा रोजगारका कार्यालयका प्रमुख निरजकुमार देवले नवनिर्मित भवन रु ५ करोड ३६ लाखको लागतमा निर्माण भएको जानकारी दिए।

प्रकाशित :२०८३ श्रावण २९, शुक्रबार १६:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry