एकैपटक ६० जना सहसचिवको सरुवा, सूचनासहित चार विभागका महानिर्देशक हेरफेर (सूचीसहित)

काठमाडौं । सरकारले ६० जना सहसचिवको एकै पटक सरुवा गरेको छ । केहि दिन अघि बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय, निकाय, आयोग, कार्यालय तथा प्रदेश मन्त्रालयमा कार्यरत सहसचिवको सरुवा गरेको छ ।

Advertisement 1

६० जना सहसचिवको सरुवा गर्दा सरकारले चार वटा विभागका महानिर्देशक हेरफेर गरेको छ । सरुवा सूचीअनुसार सूचना तथा प्रशारण विभागका महानिर्देशक शंकर नेपाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा भएका छन् । सूचना तथा प्रविधिमन्त्रालयअन्तर्गतकै मुद्रण विभागका महानिर्देशक रेखा कँडेल आन्तरिक मामिला तथा कानून मन्त्रालय लुम्बिनी प्रदेशमा कामकाजमा खटाइएकी छन् ।

यस्तै गृह मन्त्रालयअन्तर्गतको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागका महानिर्देशक महादेव पन्थ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेशमा निमित्त मुख्य सचिवको जिम्मेवारीमा सरुवा भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग​का महानिर्देशक तीर्थराज चिलुवाल गृह मन्त्रालयअन्तर्गत सरुवा भएका छन् ।

Advertisement 2

सरुवा सूची

प्रकाशित :२०८१ जेष्ठ १, मंगलवार १५:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry