महिलासँग सम्बन्धित कानून अपूर्ण रहेको संशोधन गर्नुपर्नेमा महिलामन्त्री चौधरीको जोड

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगबती चौधरीले महिलासँग सम्बन्धी अपूर्ण कानूनलाई संशोधन गर्न आवश्यक रहेको बताएकी छन् । महिला सुरक्षा दबाब समूहले शनिबार काठमाडौँमा आयोजना गरेको “लैङ्गिक हिंसा न्यूनीकरणका लागि बनेका कानूनमा भएका कमी कमजोरी र समाधानबारे सरोकारवालासँग राष्ट्रिय संवाद” कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएकी हुन् ।

Advertisement 1

उनले भनिन्, ‘महिलासँग सम्बन्धित कानून अपूर्ण नै छन् । नागरिक ऐनमा पनि समस्या छ । त्यसैले कानूनमा भएका कमीकमजोरीलाई सच्याउँदै अगाडि बढ्न जरुरी छ ।’ महिलाका समस्या समाधानका लागि एकीकृत कानून बनाउन आवश्यक रहेको भन्दै मन्त्री चौधरीले महिला मन्त्रालय पनि एकीकृत रूपमा साझा ऐन बनाउने तयारीमा जुटेको बताईन ।

उनले भनिन्, ‘सबै विभागको एकीकृत गरेर ल्याउँछौं । त्यसमा पनि महिला हिंसासँग सम्बन्धित कानूनमा के–के बुँदा थप गर्ने यहाँ जस्तो कानूनविद्व र अधिकारकर्मीको राय, सल्लाह र सुझावमा हामीले कानून ल्याउनेछौ ।’ विशेषगरी आमाको नामबाट नागरिकता प्राप्त गर्ने कुरामा धेरै समस्या भएको भन्दै उहाँले यसलाई राज्यले पनि सहजीकरण गर्न आवश्यक रहेको बताइन् । सम्बन्ध विच्छेदको मुद्दामा पनि सम्पत्ति लिइसकेपछि फेरि फिर्ता गर्नुपर्ने विषय पनि संशोधन गर्नुपर्ने मन्त्री चौधरीको भनाइ थियो ।

प्रकाशित :२०८१ बैशाख २९, शनिबार २२:२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry