जेठ एक गते दिउसाे तीन बजेका लागि संघीय संसदको संयुक्त बैठक आव्हान

काठमाडौं । आगामी जेठ एक गतेका लागि संघीय संसदको संयुक्त बैठक आव्हान भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालको संविधानको धारण ९५ बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलबाट जेठ एक गते मंगलबार दिउसो तीन बजेका लागि संघीय संसदका दुबै सदनको संयुक्त सदनलाई सम्बोधन गर्ने कार्यक्रम रहेकाले संघीय संसद सचिवालयले संयुक्त बैठक आव्हान गरेको हो ।
संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को नियम तीनको उपनियम एक बमोजिम बैठक आव्हान गरिएको सूचना जारी गरिएको संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले जानकारी दिए । उनका अनुसार संयुक्त बैठकमा दुबै सदनका सदस्यले दिउसो पौने तीन बजेभित्र औपचारिक पोशाकमा उपस्थित भएर बसिसक्नुपर्ने छ ।
प्रकाशित :२०८१ बैशाख २८, शुक्रबार १८:२८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%