वडाध्यक्ष परस्त्रीसँग फेरी होटलमा भेटिए

दोगडाकेदार गाउँपालिका–७ का वडा अध्यक्ष भरत महरा खोचलेकको एक होटलबाट महिलासँग शंकास्पद रुपमा भेटिएका छन्। महरा र महिलालाई नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।

Advertisement 1

बिहीबार राति दोगडाकेदार ६ की एक महिलाको घरमा वडाअध्यक्ष महरा रहेको गाउँलेले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए। महरालाई गाउँलेले राति नै नियन्त्रणमा लिएको वडा नम्बर ६ का वडा अध्यक्ष लक्ष्मी जोशीले पुष्टि गरेका छन् । उनले भने, ‘अध्यक्षजी राति यता गाउँमा आएका रहेछन्, गाउँलेले उहाँलाई समात्ने बेला हातपात पनि भएको छ।’

महिलाको घरमा रहेको भन्ने थाहा पाएका गाउँलेले वडा अध्यक्ष र ती महिलालाई कुटपिट पनि गरेका प्रहरीले जनाएको छ। कुटपिटबाट दुवैजना घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक अधिकारीले जानकारी दिए। दुवैजना हाम्रो नियन्त्रणमा रहेका छन्,ु अधिकारीले भने‚ नेटवर्कको समस्याले फोनमा धेरै कुरा बुझ्न पाइएको छैन्, अहिले जिल्ला ल्याउँदैछौं, थप कुरा पछि थाहा हुन्छ।’

Advertisement 2

वडाअध्यक्ष महरा यसअघि शंकास्पद रुपमा फेला परेकी महिलासँग नै यसपटक पनि भेट्टिएका हुन्। ती महिला एकल रहेकी बताइएको छ। वडाअध्यक्ष महरा यसअघि चैत ५ गते राति पनि स्थानीय खोचलेक बजारको एक होटेलमा महिलासँग शंकास्पद रुपमा भेट्टिएका थिए। त्यसबेला उनकी श्रीमतीले प्रहरीलाई सूचना दिएको थिइन्। प्रहरीले नियन्त्रण लिएपछि वडाध्यक्ष महरा र महिला घरपरिवारको आपसी समझदारी गरेपछि प्रहरीले चैत ६ गते छोडेको थियो।

 

Advertisement 3

 

प्रकाशित :२०७७ चैत्र १३, शुक्रबार ११:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry