एपीएफको गोदाममा आगलागी घटनाबारे छानबिन गर्न सहसचिव पाण्डेको संयोजकत्वमा छानविन समिति गठन
काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ)को मुख्यालय बलम्बुस्थित केन्द्रीय गोदामा भएको आगलागी घटना छानबिन गर्न सहसचिवको नेतृत्वमा छानविन समिति गठन भएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि गृह मन्त्रालयले मन्त्रालय अन्तरगत रहेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव भरतमणि पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको हो ।
Advertisement 1
समितिको सदस्यमा सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) किशोर प्रधान, महालेखा नियन्त्रकको कार्यालयका उपसचिव स्तरको प्रतिनिधि, गृह मन्त्रालयका उपसचिव सागरमणि पाठक र बरिष्ठ कम्युटर इन्जिनियर सुस्मा श्रेष्ठ रहेका मन्त्रालयका सहसचिव एवम प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार समितिले १० दिनभित्र प्रतिवेदन पेश गर्नुपर्नेछ ।
आगलागीको कारण, क्षतिको विवरण र आगामी दिनमा यस्तो हुन नदिन गर्नुपर्ने कामको बारेमासमेत सुझासहितको प्रतिवेदन पेश गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।