सशस्त्रको केन्द्रीय भण्डारमा आगलागी भएको घटनाको छानबिन गर्न एआईजीपी दाहालको नेतृत्वमा समिति
काठमाडौं । सशस्त्र प्रहरी मुख्यालयमा बलम्बुमा रहेको केन्द्रीय भण्डारमा आगलागी भएको घटना छानबिन गर्न छानबिन समिति गठन भएको छ । सशस्त्र प्रहरी बल नेपालको कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) बंशिराज दाहालको नेतृत्वमा छानबिन समिति गठन भएको सशस्त्रका प्रवक्तासमेत रहेका सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र खड्काले जानकारी दिए ।
Advertisement 1
उनका अनुसार विद्युत् चुहावट भएर आगलागी भएको प्रारम्भिक आकलन गरिएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले घटनास्थलमा पुगेर आगलागीबारे जाँच गर्न निर्देशन दिएपछि सशस्त्र प्रहरी बल मुख्यालयले छानविन समिति गठन गरेको हो ।
प्रकाशित :२०८० चैत्र २६, सोमबार २१:४५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%