काठमाडौंमा हर्क साम्पाङको एकल प्रदर्शन, प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्न माग

काठमाडौँ । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुने व्यवस्था गर्न माग गर्दै प्रदर्शन गरेका छन् ।

Advertisement 1

०७९ को निर्वाचनमा स्वतन्त्ररुपमा उम्मेदवारी दिएर मेयर जितेका उनले संघीय सरकारको कार्यकारी नेतृत्व समेत प्रत्यक्ष निर्वाचित हुनुपर्ने माग गरेका छन् ।

२०८४ को निर्वाचन अघि नै प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नुपर्ने उनको माग छ । काठमाडौं आएको मौकामा साम्पाङले बिहानै सडक किनारमा एक्लै उभिएर प्रदर्शन गरेका हुन्।

Advertisement 2

‘२०८४ अघि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था लागू गर’ लेखिएको ब्यानर बोकेको तस्बिरमा उनले फेसबुकमा अपडेट गरेका छन्।

केही दिनअघि काठमाडौँमा रहेका साम्पाङ धरानका विकासे योजना र सरोकारका मुद्दा लिएर काठमाडौँ आएका हुन्।

Advertisement 3

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, अर्थमन्त्री वर्षमान पुन, खानेपानीमन्त्री राजेन्द्रकुमार राई, शिक्षामन्त्री सुमना श्रेष्ठलगायतलाई भेटिसेका छन्।

प्रकाशित :२०८० चैत्र २०, मंगलवार १३:०३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry