हिरासतमा बस्नुपर्ने व्यक्ति अस्पताल जाने प्रवृत्तिबारे गृहमन्त्री लामिछानेले गरे मेडिकल काउन्सिलका प्रतिनिधिसँग छलफल

काठमाडौं । प्रहरीले नियन्त्रणमा लिएपछि हिरासतमा बस्नुपर्ने व्यक्ति अस्पताल जाने प्रवृत्तिबारे उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाल मेडिकल काउन्सिलका प्रतिनिधिसँग छलफल गरेका छन् । काउन्सिलका प्रतिनिधिलाई मन्त्रालयमा बोलाएर उनले स्वस्थ व्यक्तिसमेत हिरासत छल्ल अस्पतालमा बस्ने प्रवृत्ति रोक्न काउन्सिलबाट सुझाव मागेका हुन् ।

Advertisement 1

छलफलमा गृहमन्त्री लामिछानेले विदेशका व्यवस्थासहित नेपालमा हालसम्म भएका घटना र प्रवृत्तिको अध्ययन बेथिति न्यूनीकरणका उपायसहितको प्रतिवेदन दिन आग्रह गरेका छन् यसबारे मन्त्रालयले आगामी सोमबार काउन्सिललाई पत्राचार गर्ने गृह मन्त्रालयले जनाएको छ ।

यो प्रवृत्तिबारे गृह मन्त्रालयले पहिलो पटक चासो राखेको छलफलमा सहभागी नेपाल मेडिकल काउन्सिलका सदस्य डा.कुञ्जाङ शेर्पाको भनाई छ । छलफलमा डा.शेर्पासहित काउन्सिलका सदस्य डा.रुपक घिमिरे, डा.प्रणयरत्न शाक्य र डा.कालुसिंह खत्री सहभागी थिए ।

प्रकाशित :२०८० चैत्र ९, शुक्रबार १९:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry