सहसचिवको लिखित परीक्षाको नतिजा सार्वजनिक, १३ सहसचिवका लागि २७ जना प्रतिस्पर्धामा

काठमाडौं । लोक सेवा आयोगले लिएको सहसचिवको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले गत मंसिर २९, ३०, ३१ र पौष तीन गते लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
Advertisement 1
जसमा प्रशासन सेवाको रिक्त रहेको नौ सहसचिव पदका लागि २२८ जना लिखित परीक्षामा सहभागि भएकोमा १३ जना अन्तरवार्ताका लागि छनौट भएका छन् । जसमा कृष्णप्रसाद मैनाली, केशवराज सुवेदी, पुरुषोत्तम शर्मा, मिरा आचार्य, मुक्तिराज अर्याल, मेघनाथ रिजाल, रबिलाल शर्मा, राजन पौडेल, विनोदकुमार खड्का, वेदप्रसाद भण्डारी, सुशीला अधिकारी, हरिश्चन्द्र ढकाल र ज्ञानहरी घिमिरे रहेका छन् । प्रशासन सेवाको अन्तरवार्तामा छनौट भएकाका लागि आगामी वैशाख तीन गते मामिला प्रस्तुतीकरण कार्यक्रम तथा नौ र १० गतेका लागि तय गरिएको छ ।
परराष्ट्र सेवातर्फको एक जना सहसचिवका लागि १० जना लिखित परीक्षामा सहभागि भएकोमा तीन जना अन्तरवार्ताका लागि छनौट भएका छन् । जसमा दुरपता सापकोटा, मोतिबहादुर श्रीस र ज्ञानबहादुर मगर रहेका छन् । परराष्ट्र सेवाको सहसचिवका लागि आगामी बैशाख दुई गते मामिला प्रस्तुतीकरण र सात गते अन्तरवार्ता कार्यक्रम तय गरिएको छ ।
Advertisement 2
लेखापरीक्षक सेवातर्फ एक सहसचिवका लागि १० जना लिखित परीक्षामा सहभागि भएकोमा तीन जना छनौट भएका छन् । जसमा कुलचन्द्र भण्डारी, थवराज अधिकारी र राजेन्द्रराज ओझा रहेका छन् । लिखित परीक्षामा उर्तिण भएकाका लागि आगामी बैशाख चार गते मामिला प्रस्तुतीकरण कार्यक्रम र १२ गते अन्तरवार्ता कार्यक्रम तय गरिएको छ ।
न्याय सेवाको न्याय समूहतर्फ एक सहसचिवका लागि ४२ जना लिखित परीक्षामा सहभागि भएकोमा तीन जना अन्तरवार्ताका लागि छनौट भएका छन् । जसमा दिपक भण्डारी, दीपशिखा मुनाकर्मी र सपना अधिकारी रहेका छन् । न्याय सेवाको सहसचिवका लागि आगामी बैशाख दुई गते मामिला प्रस्तुतीकरण कार्यक्रम र चार गते अन्तरवार्ता कार्यक्रम तय गरिएको छ ।
Advertisement 3
न्याय सेवाकै सकारी वकिल समूहतर्फ एक सहसचिवका लागि ४२ जना लिखित परीक्षामा सहभागित भएकोमा पाँच जना अन्तरवार्ताका लागि छनौट भएका छन् । जसमा उर्मिला जिसी, दिपक भण्डारी, दीपशिखा मुनाकर्मी, विरेन्द्रप्रकाश खड्का र हरिहर पौडेल रहेका छन् । भण्डारी र मुनाकमीे न्याय सेवाको समूह र सरकारी वकिल समूह दुबैतर्फ छनौट भएका छन् । न्याय सेवाको सरकारी वकिल समूहको लिखित परीक्षामा उर्तिण भएकाका लागि आगामी बैशाख दुई गते मामिला प्रस्तुतीकरण कार्यक्रम र ६ गते अन्तरवार्ता कार्यक्रम तय गरिएको छ ।