श्रम सम्बन्धित समस्या सुल्झाउन श्रममन्त्री अर्यालले बनाए कार्यदल, संयोजकमा सहसचिव रिजाल

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले मन्त्रालयसँग सम्बन्धित विवादबारे अध्ययन गर्न एक कार्यदल गठन गरेका छन् । एक वर्षको अन्तरालमै दोहोरिएर सोही मन्त्रालयको जिम्मेवारीमा पुगेका मन्त्री अर्यालले मन्त्रालयसँग सम्बन्धित समस्याहरुबारे समाधान खोज्न प्रवक्तासमेत रहेका सहसचिव गोविन्दप्रसाद रिजालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेका हुन् ।

Advertisement 1

रिजाल मन्त्रालयको श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखाका प्रमुख समेत हुन् । कार्यदलमा मन्त्रालयका उपसचिव मेघनाथ रिमाल र मन्त्रालयकै शाखा अधिकृत प्रकाश पन्थी रहेका छन् । समितिले अध्ययन गरेर प्रतिवेदन पेस गरेपछि ती निर्णय तथा विवादको समीक्षा गरेर निर्णय कार्यान्वयन गरिने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री अर्यालले बताए । तत्कालिन गठबन्धन सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारी आइसकेपछि वैदेशिक रोजगारी व्यवस्थापनसँग सम्बन्धित विभिन्न विषयमा विवाद देखिएको छ ।

पूर्व प्रस्थान अभिमुखीकरण तालिमको शुल्क, वैदेशिक रोजगारीमा जाने दक्ष श्रमिकका लागि अङ्ग्रेजी भाषा आवश्यक हुने सम्बन्धी विषय, दक्षिण कोरियामा इपिएस प्रणालीबाट कामदार पटाइरहेको अवस्थाका बिच इ–सेभन भिसामासमेत कामदार पठाउने लगायतका विषयमा विवाद देखिएपछि २१ दिनभित्र राय सुझावसहितको प्रतिवेदन पेश गर्ने गरी मन्त्रालयले समिति गठन गरेर गरेको हो । प्रतिवेदन पेश गरेसकेपछि मन्त्रालयबाट भएका विवादित निर्णयको समीक्षा गरेर आवश्यक निर्णय गरिने श्रममन्त्री अर्यालले बताए ।

Advertisement 2

No description available.

प्रकाशित :२०८० फाल्गुन ३०, बुधबार २०:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry