लुम्बिनी प्रदेशसभामा प्रधानमन्त्रोको सम्बोधन- ‘हाम्रो संघीयता मौलिक छ, मिलेर संस्थागत गर्नुपर्छ’

दाङ। प्रधानमन्त्री पुष्पकमल दाहालले संघीयता पूर्ण कार्यान्वयन गर्न सबैको साझा सहमति आवश्यक पर्ने बताएका छन् ।
शनिबार लुम्बिनी प्रदेश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेपालको संघीयता विश्वकै नमुना भएको भन्दै यस्को विरोधभन्दा पूर्ण कार्यान्वयनको आवश्यकता रहेको औंल्याए ।

Advertisement 1

प्रधानमन्त्री दाहालले भने, ‘संघीयता कार्यान्वयनको सवालमा सबै परिवर्तनगामी शक्ति मिल्नुको बिकल्प छैन, ठूलो त्याग र बलिदानबाट प्राप्त उपलव्धिलाई संस्थागत गर्न आवश्यक छ ।’

सरकारले महत्वपूर्ण काम गरेको सभामा स्मरण गराउँदै प्रधानमन्त्रीले दाहालले प्रदेशसभालाई लुम्बिनीको महत्वसँग जोडेर लुम्बिनीको ब्रान्डिङ गर्दै पर्यटन भित्र्याउने गरी प्रदेशसभाले नीति बनाउन आवश्यक रहेको बताए ।

Advertisement 2

लुम्बिनी प्रदेश क्रान्तिको थलो रहेको सम्मरण गराउँदै प्रधानमन्त्री दाहालले लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्यले प्रदेशसभाको गाम्भीर्यतालाई महत्वका साथ लिएर जनमुखी काममा लाग्न आवश्यक रहेको औल्याए । प्रधानमन्त्रीले प्रदेशसभाको सम्बोधनको धेरै समय संघीयताको कार्यान्वयन सवालमा प्रस्तुत भएका थिए ।

 

प्रकाशित :२०८० फाल्गुन १९, शनिबार २३:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry