चाैधरीलाई २ दिनमै छाेड्न आदेश दिने श्रीमानलाई सजायस्वरूप मुगु अदालतमा सरूवा
अरूण चौधरीलाई २ दिनमै छोड्न आदेश दिने श्रीमानलाई सजायस्वरूप मुगु अदालतमा सरूवा गरिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीस यज्ञप्रसाद आचार्य सजायस्वरूप मुगु अदालतमा सरूवा गरिएका हो।
Advertisement 1
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले जिल्ला अदालत, काठमाण्डौले दिएको आदेशउपर गम्भीर कैफियत जनाउँदै त्यसमा सँलग्न न्यायाधीशलाई सजायस्वरुप दुर्गम मुगुमा काज सरुवा गरेका हुन् । प्रहरीले हिरासतमा राख्न अनुमति लिएको चार दिनको म्याद सकिएपछि पक्राउ परेका चौधरी, तत्कालिन बाँसबारी छाला जुत्ता कारखानाका कार्यकारी अध्यक्ष अजितनारायण सिंह र सञ्जय ठाकुरलाई गत २२ माघमा जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो । जिल्ला न्यायाधीश आचार्यको इजलासले उनीहरुलाई अब दुई दिन भन्दा बढी हिरासतमा नराख्नु भनेर दिन नै तोकेको थियो ।
नेपालकै कान्छो न्यायाधीश भनेर चर्चा कमाएका यिनै यज्ञ नवलपरासी जिल्ला अदालतमा हुँदा बलात्कार मुद्दामा पक्राउ परेका कलाकार पल शाहलाई जबरजस्ती करणी मुद्दामा सफाइ दिएका थिए । जिल्ला न्यायाधीश आचार्यको इजलासले जबरजस्ती करणी पुष्टी हुन नसक्ने भन्दै पललाई सफाइ दिएका थिए ।
Advertisement 2
२०३८ सालमा पर्वतको विहादीमा जन्मिएका उनी २०७७ भदौ १ गते जिल्ला न्यायाधीश नियुक्त भएका हुन् । कम उमेरमै न्यायाधीशको भूमिका पाए पनि उनी न्याय सेवामा प्रवेश गरेको १३ वर्ष भइसकेको छ । शाखा अधिकृतबाट न्याय सेवामा प्रवेश गरेका उनी आन्तरिक प्रतिस्पर्धाबाट उपसचिवमा बढुवा भइसकेका थिए ।