४२ लाख ४४ हजार मूल्य बराबरको खुद्रा समानसहित ट्रक नियन्त्रणमा
बारा प्रहरीले ४२ लाख भन्दा बढी मूल्यको खुद्रा समानसहित ट्रक नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा प्रहरीले जिल्लाको पथलैयाबाट ट्रकसहित खुद्रा समान बरामद गरेको हो ।
Advertisement 1
वीरगन्जबाट काठमाडौँ जाँदै गरेको ना ५ ख ३५५९ नम्बरको ट्रकबाट विल बिजकभन्दा बढी लोड रहेको ४० लाख ४४ हजार ७ सय २७ रुपैयाँ बराबरको खुद्रा समान नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।
त्यस्तै शनिबार एक करोड भन्दा बढी मूल्यांकन गरिएको बिल बिजक भन्दा बढी लत्ताकपडा तथा हार्डवेयरलगायतका मालवस्तु लोड गरिएको ट्रक नियन्त्रणमा लिइएको छ ।पर्सा प्रहरीको एक टोलीले वीरगञ्ज महानगरपालिका वडा न। १४ गण्डकचोकमा माघ १० गते राति साढे १० बजेतिर सो ट्रक नियन्त्रणमा लिएको हो ।राजस्व छली गरी लान खोजिएको बेला प्रहरीले त्यसलाई नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय पथलैयाको जिम्मा लगाएको जनाएको छ ।
Advertisement 2