वाईसीएल नेपालद्धारा रसुवाका ५ पालिकामा आफ्ना संयोजकतय

नेकपा माओवादी केन्द्रको भातृ संगठन वाईसीएल नेपालले रसुवाका ५ वटा पालिकामा आफ्ना संयोजकतय गरेको छ ।
जिल्ला संयोजक तामाङ को संयोजकत्वमा बसेको बैठकले वाईसिएल नेपाल रसुवाको जिम्मेवारी दिएको छ ।

Advertisement 1

यस्तै बैठकले रसुवा को पालिकामा इन्चार्ज (तेन्जी तामाङ सम्योजक(हिमालय कुइकेल(कालिका गाउपालिका), इन्चार्ज महेन्द्र तामाङ सम्योजक अनिस बिक(उतरगया गाउपालिका) , इन्चार्ज डिन्डुब वान्दी तामाङ सम्योजक रिक्चेन तामाङ (गोसाइँकुण्ड गाउपालिका), इन्चार्ज असोक तामाङ सम्योजक रोसन लोप्चन (नौकुन्ड गाउपालिका) र इन्चार्ज बिबेक तामाङ सम्योजक मिङमर नुर्पु तामाङ (आमाछेदुन गाउँ पालिका) लाई स्थानीय तहको जिम्मेवारी दिएको र बैठक ले तत्कालीन वाइसीएलको जिल्ला कमिटी लाई जिल्ला समिति बनाएको छ । सम्पुर्ण पालिकाको सम्मेलन मिति तोक्नु को साथै जिल्ला सम्मेलन पनि बैशाख १८ गते जिल्ला सदरमुकाम धुन्चे मा युवा मारच पास सहित गर्ने निर्णय बताउनु भयो । बाग्मती प्रदेशको आयोजक समितिमा १ महिला सहित ५ जना सिफारिस गर्ने र केन्द्रिय आयोग र बिभाग मा पनि २ जना सिफारिस गर्ने निर्णय संयोजक गणेश बिकले जानकारी दिनुभयो ।
उक्त बैठकलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष इन्द्र गौतम (जगतजङग) र सचिव माधव लामिछाने (समीर)ले देशको वर्तमान राजनीतिक अवस्थामा युवाहरुको प्रमुख भूमिका रहेको बताउँदै नवघोषित इन्चार्ज संयोजकहरुले महत्वपूर्ण भूमिका खेल्नु पर्ने बताउनुभएको थियो । उहाँले रसुवामा वाईसिएल नेपालले उदाहरणीय कार्य गर्नेमा आफू विश्वस्त भएको बताउँदै आगामी दिनका लागि शुभकामना समेत व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा वाईसीयलका संयोजकले रसुवा को साइबर स्यालहरुलाई तह लाउन आफूहरुले स्पेशल फोर्स तयार गर्ने जानकारी दिनुभएको थियो ।
यस्तै तोकिएका पालिकामा इन्चार्ज र संयोजक हरुले पनि साइवर स्याल तह लगाउन वाईसीयलले नाम मात्र पनि काफी भएको बताउँदै आफूहरु प्रतिवद्द भएर लाग्ने बताएका छन् ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र रसुवाका संगठन मा आबद्ध कमरेड उद्द्व रिजाल ,राम शरण लामिछाने ,अर्जुन पौडेल लगाएतका महानुभावहरुको उपस्थिती रहेको थियो ।

Advertisement 2

नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ् कम्युनिष्ट लिग (वाइसीएल) नेपालले १६१ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको छ। सर्वोच्च अदालतको फैसलाबाट नेकपा एमाले र माओवादी केन्द्र व्युँतिएपछि पेरिसडाँडामा दुई दिनसम्म बसेको वाइसीएलको केन्द्रीय समितिको चौथौं पूर्ण बैठकले समितिको सदस्य संख्या १६१ तय गरेको हो।

बैठकले संगठनका विभिन्न समितिहरुमा पुनगर्ठन गरी सबै समितिहरुलाई भेला आयोजक समितिमा रुपान्तरणसमेत गरेको अध्यक्ष रामप्रसाद सापकोटा ‘दिपशिखा’ले जानकारी दिए।बैठकले मातृ पार्टी नेकपा माओवादी केन्द्र र एमालेबिच एकता सम्पन्न भई बनेको नेकपाको एकता भंग गराउन सफल एकताविरोधी गैर कम्युनिष्ट प्रवृतिको भण्डाफोर गर्दै हाल नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको एकाधिकारवादी, तानाशाही र गैरकम्युनिष्ट चरित्रको खेद व्यक्त गरेको छ।

Advertisement 3

प्रधानमन्त्रीको हैसियतमा निरकुंश र परिवर्तनविरोधी समूहको नेतृत्व गरिरहेका ओलीले आगामी दिनमा चाल्न सक्ने थप प्रतिगमनकारी कदमप्रति सदैव चनाखो र सचेत रहन आम जनसमुदाय तथा युवाहरुमा वाइसीएलले अपिलसमेत गरेको छ।

साथै प्रतिगामी कदम विरुद्धको संघर्षमा पुरै समर्पण र जिम्मेवारीका साथ सडक सघर्षमा होमिने संगठनका सम्पूर्ण नेता, कार्यकर्ता, युवा तथा जनसमुदायमा धन्यवाद दिएको छ। भुलवश प्रतिगमनकारी कित्तामा पुगेका संगठनका सदस्यलाई आफ्नै संगठन र वर्गमा फर्कनसमेत बैठकले अपिल गरेको छ।

 

प्रकाशित :२०७७ चैत्र ८, आईतवार १२:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry