हिमालयन रिलाई झैं नेकोलाई पोस्दै वीमा प्राधिकरण
‘गाई मारेर गधा पोस्ने’ धन्दामा बिचौलियाहरू त सक्रिय थिए नै यस्तो धन्दामा सरकारी नुन पानी खानेहरु नै अग्रसर रहेको भेटिएको छ । जसरी यस अघि मारवाडी व्यापारीले चलाएको र अवैध ढंगबाट जन्मिएको हिमालयन रि इन्स्योरेन्सलाई पोस्ने नाममा सरकारी स्वामित्वको नेपाल पुनर्बिमा कम्पनीलाई रसातालमा पु¥याइयो,उस्तै खेल तमाम भएको छ । वीमा प्राधिकरणको नेतृत्व बिचौलिया दीपक भट्टको सारथी बन्न पुग्दा नेपाल पुर्नविमाको व्यापार हिस्सा खोसेर हिमालयन रि इन्स्योरेन्सलाई पोसिएकै शैलीमा बार्षिक अर्बाैको आम्दानी हुने काम सरकारी निकायबाट खोसेर नीजिलाई सुम्पने काम तमाम पारेको छ,प्राधिकरणको नेतृत्वले ।
Advertisement 1
प्रंसग हो,नेपाल आयल निगमले विभिन्न डिपोबाट पेट्रोल पम्पहरुमा ढुवानी वीमासम्बन्धी । विगत १८ बर्षदेखि नै नेपाल पेट्रोलियम डिलर्स एसोसियनसनका नाममा मार्गस्त वीमालेख जारी गरि नेपाल आयल निगमको देशभर रहेका विभिन्न डिपोहरुबाट पेट्रोल पम्पहरुमा ढुवानीको वीमा गरिरहेको थियो । हालसम्म उक्त काम राष्ट्रिय वीमा कम्पनीको प्रमुख ग्राहक मानिएको नेपाल पेट्रोलियम डिलर्स एसोशियसनले नै सम्पूर्ण ढुवानीकर्तासँग सम्बन्धित डिपोहरुमा रकम जम्मा गरी कम्पनीलाई उपलव्ध गराउँदै आएकोमा अहिले यो जिम्मेवारी अर्काे निजी वीमा कम्पनीका टाउकाहरुसँग मिलेर वीमा प्राधिकरणका हर्ताकर्ताहरुले उसलाई सुम्पिएका छन् ।
देशभरका १२ वटा डिपोहरुमा एक्टेन्सन काउण्टर स्थापना गर्ने गरी सरकारी वीमा कम्पनीले स्वीकृति माग्दा उसलाई नदिई नीजि कम्पनीको पक्षपोषण गरेको हो वीमा प्राधिकरणका टाउकाहरुले ।
Advertisement 2
चारआली,विर्तामोड,विरगञ्ज,नेपालगञ्ज,विराटनगर,पोखरा,धनगढी,महेन्द्रनगर,भलवारी,भैरहवा,थानकोट,दिपायल,अमलेखगञ्ज लगायतका ठाउँमा एक्सटेन्सन काउन्टर खोली मार्गस्थ वीमालेख जारी गर्न स्वीकृति मागेको थियो प्राधिकरणसँग ।
तर प्राधिकरणले यो जिम्मेवारी सरकारी निकायलाई नदिइ निजी वीमा कम्पनी नेको इन्स्योरेन्सलाई सुम्पिएका हुन । नेको इस्योरेन्सको सञ्चालकमा रोहित कुमार भट्टराई,भरत अधिकारी,भानुभक्त पोखरेल,रत्नराज पाण्डेहरुको लगानी रहेको कम्पनी हो ।
Advertisement 3
सोही नीजि कम्पनीलाई वीमा प्राधिकरणको नेतृत्वले बार्षिक अर्बाैको काम दिइएको हो । यता,रामशाहपथमा मुख्यालय रहेको राष्ट्रिय वीमा कम्पनी (निर्जीवन)तर्फको कामु सिइओको जिम्मेवारीमा छन्,महेश रिमाल । उनै रिमालको ज्यादतीले सीमा नाघेको भन्दै कर्मचारीहरुले पीडा पोखेका छन् । राष्ट्रिय बीमा संस्थान कम्पनीमा परिणत भएसँगै संचालक समितिको पहिलो बैठकले कम्पनीको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा महेश रिमाललाई नियुक्त पाएका छन । उनै रिमालका कारण त्यहाँ दर्जनौं कर्मचारीहरु पीडित बन्न पुगेका छन् ।
कार्यसम्पादन,जेष्ठताबाट गत असोजमै बढूवा भएका कर्मचारीहरुलाई रिमालले नियुक्ति नदिएर पेण्डुलम बनाइदिएसँगै लोकसेवाको सहमतिमै बढूवा भएका कर्मचारीहरु रिमालसँग आगो भएका छन् ।