एकै दिन भ्रष्टाचार मुद्धामा ४० प्रतिवादीलाई सफाई

बिशेष अदालतले एकै पटक भ्रष्टाचारको मुद्धामा ४० जना प्रतिवादीलाई सफाइ दिएको छ । बिहिबार विशेष अदालतले तीन वटा फरक फरक मुद्धामा एकैदिन ४० प्रतिवादीलाई सफाइ दिएको हो ।

Advertisement 1

विशेषले डोल्पाको ठूलीभेरी नगरपालिका,सल्यानको शारदा नगरपालिकामा भएको भ्रष्टाचार प्रकरणमा अख्तियारले प्रतिवादी बनाएर मुद्धा दायर गरेका ४० भन्दा बढीलाई विशेष अदालतले सफाइ दिएको हो ।

अख्तियारले ठूलीभेरीको भ्रष्टाचार प्रकरणमा  निमित्त प्रशासकीय अधिृकत केशवकुमार सुनार, इन्जिनियर बसन्त रोकाय, सब इन्जिनियर शिवराज शाही, ७ नम्बर वडाका अध्यक्ष डिल बिक्रम शाही लगायत १० जनालाई २० लाख ३० हजार बिगो कायम गरी मुद्दा दायर गरिएको थियो ।

Advertisement 2

यस्तै ठूलीभेरी नगरपालिकाकै वडा नम्बर ८ मा भएको अर्काे भ्रष्टाचारको मुद्धामा अख्तियारले सुनार सहित कर्मचारीलाई प्रतिवादी बनाएर मुद्धा चलाएको थियो ।  सो मुद्धामा अख्तियारले वडा अध्यक्ष हरि प्रसाद डाँगीसहित १० जना प्रतिवादी रहेकोमा २२ लाख ८९ हजार बिगो कायम गरिएको थियो ।यस्तै सोही नगरपालिकाको  ५, ६ र ७ स्थित जुफाल–माझफाल मोटरबाटो निर्माण कार्यको वास्तविक भएको कामभन्दा बढी काम भएको अन्तिम विल र कार्य सम्पन्न प्रतिवेदन र नापी किताव प्रमाणितसमेत गरी सोही प्रतिबेदनको आधारमा ३२ लाख २९ हजार बढी भुक्तानी गरी भ्रष्टाचार गरेकोमा अर्को मुद्दा दायर भएको थियो । यसमा नौ जना प्रतिवादी रहेकोमा सबैले सफाइ पाएका छन् ।अख्तियारले गत बर्ष सोही नगरपालिकाका विभिन्न वडामा भएको भ्रष्टचारमा २९ जना प्रतिवादी बनाएर मुद्धा चलाएकोमा ती सबैले विशेषबाट सफाइ पाएका हुन ।

 

Advertisement 3

त्यस्तै, अन्य दुई मुद्दाका ११ प्रतिवादीले पनि बिहीबार सफाइ पाएका छन् । सल्यानको शारदा नगरपालिका–२ लुहापिङ्गलस्थित त्रिभुवन जन माध्यमिक विद्यालयको भवन निर्माणमा अनियमितताको मुद्दामा इन्जिनियर तुफानजङ्ग केसी र सब–इन्जिनियर सरस्वती थापासहित ६ जनाले सफाइ पाएका छन् ।उनीहरुविरुद्ध १६ लाख ५९ हजार बिगो कायम गरी मुद्दा दायर भएको थियो ।

भवन निर्माण गर्दा फिल्डमा भएको भन्दा धेरै काम देखाएर ८७ लाख ३ हजार भ्रष्टाचार भएको आयोगको दाबीमा सबैले सफाइ पाएका हुन् । त्यस्तै, सर्लाहीको रामनगर गाउँपालिका, वडा नं ६ स्थित मलघट्टा चोकदेखि गोडैता नगरपालिकाको रामवन चोकसम्मको सडक स्तरोन्नति गर्ने कार्यमा भ्रष्टचार भएको भन्दै अख्यिारले प्रमुख इन्जिनियर शिवजी राय सहित पाँचविरुद्धको मुद्दामा पनि सबैले सफाइ पाएका छन् ।

प्रकाशित :२०८० पुष २७, शुक्रबार १४:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry