प्रदेश लोकसेवा आयोग विराटनगरले माग्यो २७३ कर्मचारी,कुन स्थानीय तहबाट कति ? (विज्ञापनसहित)

प्रदेश लोकसेवा आयोग,विराटनगरले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । आयोगले अप्राविधिक तर्फका पदहरुमा आन्तरिक प्रतिष्प्रर्धा,खुला तथा समावेशी माध्यमबाट पदपूर्ति गर्न लागेको हो । जसअनुसार आयोगले एकै पटक २७३ जना कर्मचारी माग गरेको छ । आयोगले पाँचौं र चौथो तहका लागि विभिन्न स्थानीय तहबाट विज्ञापन खुलाएको जनाएको छ । आयोगले चौथो तहका लागि १२२ र पाँचौ तहका लागि १५१ पदका लागि दरखास्त आह्वान गरेको छ ।

Advertisement 1

सूचना अनु्सार,आगामी २५ पुससम्म साधरण दस्तुर र माघ २ गतेभित्रमा दोब्बर दस्तुर तिरे आवेदन दिन सकिनेछ । पद अनुसार, एसएलसीदेखि प्रविणता प्रमाणपत्र तह पूरा गरेका र १८ बर्ष उमेर पूरा भई ३५ बर्ष ननाघेको र महिला तथा अपांगका हकमा ४० बर्ष उमेर नकटेका आवेदन दिन सक्नेछन् । यस्तै निजामती सेवा,प्रदेश निजामती वा स्थानीय सरकारी सेवामा रहेकाहरुको हकमा उमेरको हदबन्दी नलाग्ने सूचनामा जनाइएको छ ।

विज्ञापन-2078-09-05
प्रकाशित :२०७८ पुष ५, सोमबार ०९:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry