आइएमई पे र एजुकेशन पार्क बीच छुट दिने सम्झौता

नेपालको पहिलो डिजिटल वालेट आइएमई पे र एजुकेशन पार्क बीच छुट दिने सम्झौता भएको छ ।

Advertisement 1

आइएमई पे र एजुकेशन पार्क बीच आइ.ई.एल.टि.एस (IELTS) र पि.टि.ई. (PTE) को तयारी कक्षामा ५०% छुट दिने सम्झौता भएको हो ।

उक्त सम्झौता अनुसार सिभिल मल, काठमाडौंको आठौं तलामा रहेको एजुकेशन पार्कमा आइ.ई.एल.टि.एस (IELTS) र पि.टि.ई. (PTE) को तयारी कक्षा लिन इच्छुक विद्यार्थीले आईएमई पे मार्फत कक्षाको शुल्क भुक्तानी गर्दा सो छुट प्राप्त गर्न सक्नेछन् । यहि पौष ०६, २०८० बाट लागु भएको सो योजनाको अवधि तीन महिनाको हुनेछ ।

Advertisement 2

आइ.ई.एल.टि.एस (IELTS) र पि.टि.ई. (PTE) कक्षामा अग्रणी एजुकेशन पार्क र नेपालको पहिलो भुक्तानी प्रदायक आईएमई पे बीचको यो योजनाले सो कक्षा लिन चाहने विद्यार्थीहरुलाई अझ सहज हुने कुरामा दुबै कम्पनीले विश्वास लिएका छन् । योजनाको अवधि ३ महिनाको भएता पनि पहिला कक्षा बुक गर्ने विद्यार्थीहरुले आफ्नो समय अनुसारको कक्षाको छनौट गर्न सक्नेछन् । विद्यार्थीहरु माझ अति नै लोकप्रिय दुबै कक्षा अनलाईन मार्फत समेत लिन सकिने व्यवस्था गरेको एजुकेशन पार्कले जनाएको छ ।

प्रकाशित :२०८० पुष ११, बुधबार १४:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry