महिलासँग सल्कदाँ बैतडीका वडाध्यक्ष होटलबाट रङ्गेहात पक्राउ

दोगडाकेदार गाउँपालिका ७ का वडाध्यक्ष भरत महरा एकजना महिलासँग शङ्कास्पदरूपमा भेटिएका छन् ।

Advertisement 1

शङ्कास्पदरूपमा भेटिएका वडाध्यक्ष र ती महिलालाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
उनीहरु दुवैलाई शुक्रबार बिहान ३ बजेतिर स्थानीय खोचलेक बजारको एक होटलको कोठाबाट नियन्त्रणमा लिइएको हो । उनीहरु दुवैजना कोठामा रहेको भन्ने जानकारी वडाअध्यक्ष महराकी श्रीमतीले पाएपछि प्रहरीलाई खबर गरेकी थिइन् ।

शङ्कास्पद भेटिएका दुवैजनालाई जिल्ला ल्याउन लागिएको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए । उनले भने, ‘दुवै जनालाई एउटै कोठाबाट नियन्त्रणमा लिएका हौँ, जिल्ला ल्याइँदैछ’, उनले भने, ‘जिल्ला ल्याइँदैछ थप बुझ्छौँ, अहिले नै सबै कुरा भन्न सकिने अवस्था छैन, पार्टीको काम भएकाले सँगै कोठामा बसेको भन्नेछ ।’ त्यस्तै ६ जेष्ठ २०७७, मंगलवार का दिन पुर्चौडी नगरपालिकाका प्रमुख रणबहादुर कुँवर र दोगडाकेदार गाउँपालिका ७ का वडाध्यक्ष भरत महरा कार्यकक्षमै कुटिएका हुन्। नगरप्रमुख कुँवरमाथि सोमबार अपराह्न कार्यकक्षमै कुटपिट भएको नगरप्रवक्ता दलबहादुर धामीले बताए। स्थानीय युवाको एक समूहले नगरप्रमुख कुवँरमाथि कुटपिट गर्नुका साथै कार्यकक्ष र कार्यालयमा समेत तोडफोड गरेका उनले बताए। कार्यालयको कम्प्युटर, ल्यापटप र कुर्सीटेबुलसमेत उनीहरुले तोडफोड गरेका नगरप्रवक्ता धामीले बताए।

प्रकाशित :२०७७ चैत्र ६, शुक्रबार १०:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry