क्षेत्रफलको गल्तीलाई नेलिस र जिआइएसको बाहना गरी ढाकछोप

इकर्मचारी डटकममा गत पुस १ गते प्रकाशित भक्तपुर नापीमा पाइलैपिच्छे बदमासी,कहिले पर्दछ अख्तियार र विभागको आँखा समाचारप्रति नापी कार्यालय भक्तपुरले आपत्ति जनाएको छ । नापी कार्यालयले समाचारमा उल्लेख भएजस्तो पूरानो प्रणाली जिआइएस कित्ताकाट गरिएको नभई नेलिस सिष्टमबाटै कित्ताकाट भएको,पूरानो प्रणालीबाट भएका कार्यबाट भएको समेत अभिलम्भ नयाँ प्रणालीबाटै अद्यावद्यिक गर्ने भन्ने कर्मचारी नियमित बैठकमा निर्देशन समेत दिइसकिएको भन्दै समाचारको खण्डन गरेको छ । समाचारमा उल्लेख भएजस्तो साविक झौखेल ८ कित्ता नम्बर २६ को कित्ता प्रचलित नियम अनुसार कित्ताकाट गरिएको र नेलिस प्रणालीबाटै कित्ताकाट गरिएको भन्दै समाचारको खण्डन गरेको छ ।

Advertisement 1

कार्यालयले ट्रायल चेक गर्दा नक्सा श्रेष्ता एवं फिल्ड चेक गर्दा श्रेष्ता बमोजिम फिल्डमा जमिन रहेको अबस्था रहेको र इकर्मचारी डटकमले समाचार प्रकाशन गरी जनसेवामा खटिएका कर्मचारीलाई भ्रमपूर्ण आक्षेप लगाएको भन्दै समाचारको खण्डन गरेको छ । तर इकर्मचारी डटकमले समाचार सत्य र तथ्यमै टेकेर लेखेको प्रकाश पार्न चाहन्छौं । नापी कार्यालयका कर्मचारीहरुले उक्त कित्ता नम्बर २६ को नक्सा अनुसार ट्रायल चेक गरेर नक्सामा कायम क्षेत्रफललाई पूर्जा तथा श्रेष्तामा कायम गर्नुपर्नेमा नक्सामा नभएको क्षेत्रफल पूर्जामा कायम गर्न नेलिस पद्धतिबाटै कित्ताकाट गरी नक्सामा नभएको क्षेत्रफल पूर्जामा कायम गरेको समाचार अख्तियारमा परेको उजुरीका आधारमा प्रकाशन गरिएको हो ।

यस  सन्दर्भमा फाँटवालाहरु राकेश कुमार यादव,उपेन्द्र प्रसाद चौधरी र नापी अधिकृत प्रवीण प्रताप साह समेतको संग्लग्नता भएको कित्ताकाट प्रकरण र कित्ता नम्बर २६ मा झण्डै ५४ बर्ग मिटर क्षेत्रफल कम गराउनुपर्ने नक्सा अनुसारको अवस्थामा सो नगरेर नक्सामा कायम नहुने क्षेत्रफल पूर्जामा मात्र कायम गर्न र अन्य व्यक्तिलाई नक्सामा नभएको तर पूर्जामा मात्र क्षेत्रफल थप गरी जग्गा विक्री प्रायोजनार्थ कित्ताकाट गरिएको देखिन्छ ।

Advertisement 2

जग्गा खरिद गर्ने चाहने व्यक्तिले मिति ०८० मंसिर २९ को मितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दायर गरेको निवेदन समेत अनलाइनसँग सुरक्षित छ । क्षेत्रफलको गल्तीलाई नेलिस र जिआइसको बाहना गरी ढाकछोप गर्ने प्रयत्न गरिएको छ । उक्त कित्तामा नापी विभागमै बसी नियमनकारी निकायले साविक झौखेल ८ (झ) किता नम्बर २८० र २८१ मा क्लिक गरेको खण्डमा क्षेत्रफल नै नियमनकारी निकायले स्वत थाहा पाउनेछन् । नापी कार्यालयले नक्सालाई पहिलो श्रेष्ता मान्ने हो र नक्सा अनुसार मात्र कित्ताकाट गरी श्रेष्ता तयार गर्ने हो । ट्रायल चेकको बिषयमा फिल्डमा चेक गर्दा श्रेष्ता बमोजिम जमिन रहेको अबस्थामा नक्सा सुधार गर्ने कानुनी व्यवस्था छ । तर फिल्डमा जग्गा भएको, नक्सामा नभएको जग्गालाई पूर्जामा मात्र कायम अहिले कित्ताकाट गरेजस्तो गरी गर्ने व्यवस्था छैन ।

नियमनकारी निकायलाई पनि यो बिषय थाहा भइसकेको छ । जग्गासँग सम्बन्धित उपभोक्ता सेवाग्राहीले नियमन निकायको आँखा छली गरेको कार्य उपर सम्मानित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरी इकर्मचारी डटकमसँग सुरक्षित छ । सोही उजुरीमा टेकेर इकर्मचारी डटकमले समाचार प्रकाशन गरेको हो ।

Advertisement 3

सो नापी कार्यालयले कित्ताकाट गर्दा यसैगरी छालिङ,निलवराही लगायतका विभिन्न स्थानमा समेत मापदण्ड विपरित कित्ताकाट गरेको समाचार प्रमाणसहित प्रकाशन गर्दैछ ।

प्रकाशित :२०८० पुष ९, सोमबार २०:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry