सशस्त्र प्रहरीद्वारा ११ लाख भन्दा बढीको सामान बरामद
सशस्त्र प्रहरी बलले ११ लाखभन्दा बढीको सामान बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेडक्वाटर सुनसरीद्वारा आज ११ लाख ३ हजार १० रूपैयाँ बराबरको भन्सार छलीको सामान र सवारी साधन बरामद गरेको हो।
Advertisement 1
भारतीय बजारबाट लुकिछिपि भन्सार छलि नेपाल भित्राइएका लत्ताकपडा, किराना सामान, प्याज, चिनी, सुर्ती, रजनीगन्धा, खोर्सानी, मोटरसाइकल र साईकलका पार्टस सहित मोटरसाइकल र अटो बरामद गरेको छ ।
Advertisement 2
सीमापार अपराध तथा अबैध चोरी तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण हे. क्वा सुनसरीले सिमा क्षेत्रमा अहोरात्र टोली परिचालन गरेको छ । सोही अनुसार परिचालन हुँदा सप्रबल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म कप्तानगंज, प्रस्तावित सिमा सुरक्षा गुल्म हरिपुर, बिओपी लौकही, बिओपी उल्टी, बिओपी लाही, बिओपी घुस्की, बिओपी साहेबगंज, बिओपी अमडुवा र बिओपी हार्बोनीबाट खटि गएको टोलिले बरामद गरेको छ ।
Advertisement 3
उक्त बरामद सामानहरु आवश्यक कारवाहीको लागी आज सुनसरी मुल भन्सार कार्यालय सेतुबन्धमा बुझाईएको सप्रबल नेपाल नं.४ गणका गणपति सप्रउ लकेश कुमार तुम्बाहाङ्गफेले जानकारी दिए ।