सशस्त्रद्वारा ३ लाखभन्दा बढीको सामान बरामद

सशस्त्र प्रहरी बलले ३ लाखभन्दा बढीको सामान बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेडक्वार्टर सुनसरीद्वारा आज ३ लाख ३ हजार ३ सय ७० रुपैयाँ बराबरको भन्सार छलीको सामान बरामद गरेको हो ।

Advertisement 1

सीमापार अपराध तथा अबैध चोरी तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण हे. क्वा सुनसरीले सिमा क्षेत्रमा अहोरात्र टोली परिचालन गरेको छ । सोही अनुसार परिचालन हुँदा सप्रवल नेपाल बिओपी वसन्तपुर, विओपि लौकही र सुरक्षा वेश भुटाहाबाट खटिएको टोलिले सुनसरी जिल्लाको विभिन्न सीमावर्ती इलाकामा भारतीय बजारवाट लुकिछिपि भन्सार छलि नेपाल भित्राइएका लत्ताकपडा, किराना सामानहरु, प्याज बरामद गरेको छ। उक्त बरामद सामानहरु आवश्यक कारवाहीको लागी आज सुनसरी मुल भन्सार कार्यालय सेतुबन्धमा बुझाईएको सशस्त्र प्रहरी नायव उपरीक्षक सुधिर खतिवडाले जानकारी दिए ।

प्रकाशित :२०८० पुष ७, शनिबार १६:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry