सरकारी लिखत किर्ते गरेको आरोपमा निर्माण व्यवसायी पक्राउ

सरकारी र सार्वजनिक लिखत किर्ते गरेको आरोपमा ‘क’ श्रेणीको निर्माण कम्पनी भ्याली कन्स्ट्रक्सनका सञ्चालक रविन्द्र महर्जनलाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ ।

Advertisement 1

ललितपुर महानगरपालिका–१८ घर भएका महर्जनलाई बुधवार पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका डीआईजी सहकुल थापाले बताए । सरकारी निकायले आह्वान गरेको निर्माण सम्बन्धी टेण्डर लिनका लागी उनले नक्कली अनुभवको प्रमाणपत्र बनाएर पेश गर्ने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिको लेटर प्याड किर्ते गरेर महर्जनले रौतहटको चन्द्रनिगाहापुरमा निर्माण नै नभएको बहुतले भवनको ‘निर्माण सम्पन्न भएको प्रमाणित’ पत्र बनाएका छन् । गुम्बा विकास समिति संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पर्छ ।

‘अनुभवको प्रमाणपत्र’ मा गुम्बा विकास समितिका योजना अधिकृत गंगा कुमारी गुरुङ र शाखा अधिकृत दिर्घ कुमारी गुरुङको हस्ताक्षर दुरुपयोग गरिएको छ । सो अनुभवको प्रमाणपत्र महर्जनले सरकारका विभिन्न निकायले आह्वान गरेको बोलपत्रमा भाग लिँदा पेश गरेको ब्यूरोको अनुसन्धानबाट थाहा भएको छ ।

Advertisement 2

 

 

प्रकाशित :२०७७ चैत्र ५, बिहीबार १५:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry