रास्वपाको “हामी आउँदैछौँ” अभियानस् नागरिक सुझाव संकलन

पुरुषोत्तम सुवेदी
काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को केन्द्रीय अभियान “हामी आउँदैछौँ” अन्तर्गत पश्चिम नवलपरासीको सरावल , पाल्हीनन्दन र सुस्ता गाउँपालिकामा नागरिक , संवाद तथा सुझाव संकलन कार्यक्रम भएको छ । कार्यक्रममा केन्द्रीय प्रतिनिधिको रूपमा रास्वपाका केन्द्रीय सदस्य आकांक्षा पोखरेल र प्रतिनिधि सभा सदस्य मोहन लाल आचार्यको उपस्थिति रहेको थियो ।

Advertisement 1

संवाद कार्यक्रममा बोल्दै रास्वपा केन्द्रीय सदस्य आकांक्षा पोखरेलले नागरिकसँगको प्रत्यक्ष संवादले पार्टीलाई सही दिशामा अघि बढ्न मद्दत पुग्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “राजनीति भनेको केवल भाषण गर्ने मात्र होइन, जनताको कुरा सुन्ने र उनीहरूको भावना अनुसार काम गर्ने माध्यम हो । यहाँ संकलन गरिएका हरेक सुझाव र गुनासाहरू हाम्रा लागि आगामी रणनीति तय गर्ने मार्गदर्शन बन्नेछन् ।

त्यस्तै संवाद कार्यक्रममा अर्का प्रतिनिधि , प्रतिनिधि सभा सदस्य मोहन लाल आचार्यले जनताका घरदैलोमा पुगेर उनीहरूका वास्तविक समस्या सुन्नु र त्यसको स्थायी समाधानका लागि नीतिगत तहमा आवाज उठाउनु नै यस अभियानको मुख्य उद्देश्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “जनताले दैनिक जीवनमा भोगिरहेका साना(तिना समस्यादेखि नीतिगत बेथितिसम्मका विषयलाई नजिकबाट बुझ्न हामी तपाईँहरूकै माझमा आएका हौँ। नागरिकले दिएका सुझाव र उठाएका समस्यालाई हामी संसद् र सम्बन्धित निकायसम्म पुर्‍याएर समाधानका लागि निरन्तर दबाब दिनेछौँ।”

Advertisement 2

छलफलका क्रममा स्थानीय बासिन्दाहरूले कृषि, शिक्षा, स्वास्थ्य तथा स्थानीय सरकारको सेवा प्रवाहमा देखिएका समस्याहरूबारे आफ्ना भनाइ र सुझावहरू प्रस्तुत गरेका थिए। पार्टीले पश्चिम नवलपरासीका अन्य स्थानीय तहहरूमा पनि यस अभियानलाई निरन्तरता दिने जनाएको छ।

प्रकाशित :२०८३ आश्विन २६, सोमबार १२:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम