अमिनदेखि उपसचिवसम्म :-१८ बर्षदेखि निरन्तर नापी कार्यालयमै

निजामती सेवाभित्र परराष्ट्र,राजश्व,संसद लगायतका केही सेवा छन् जस्को क्षेत्र सीमित छ । तर इञ्जिनियरिङ सेवा र सर्भे समूहका एक जना उपसचिव विगत १८ बर्षदेखि नापीमा चक्कर लगाइरहेको भेटिएको छ ।
Advertisement 1
यसरी जागिरे जीवन सेवा गरेदेखि उपसचिव हुँदासम्म नापीमै घुमिरहन सफल उपसचिव हुन उमेश कुमार । कर्मचारी संकेत नम्बर १८३७१५ नम्बर रहेका उमेश ८ नम्बर नापी गोश्वारा कार्यालय कास्कीबाट सेवा प्रवेश गरेको देखिन्छ ।
निजामती किताबखानाबाट प्राप्त अभिलेख अनुसार ६२ साल साउन २३ गतेबाट सरकारी सेवामा पाइला राखेको देखिन्छ । यस पछिका १८ बर्ष उनी नापी र मालपोत कार्यालय छाडेर बाहिर जानु परेको छैन ।
उनै साह उपसचिवका रुपमा नापी कार्यालय ललितपुरका प्रमुखको कुर्सीमा थिए । मन्त्रालयले उनलाई सरुवा गरेर धनुषा नापी कार्यालयको प्रमुखमा रुपमा खटाएको देखिन्छ । मन्त्रालयले गत असोज ९ गते उनको सरुवा गरेर धनुषा पठायो भने सो ठाउँमा भूमि प्रशिक्षण केन्द्रका प्रमुख नापी अधिकृत रमेशकुमार ज्ञवालीलाई पठाएको थियो तर ज्ञवाली सो कार्यालयमा हाजिर हुनै पाएनन् । उमेशकुमार साहले भने मन्त्रालयले गरेको सरुवाविरुद्ध उच्च अदालतमा रिट हाली अन्तरिम आदेश फुत्काउन सफल भए ।
उमेश गत बर्ष भदौं २० गतेदेखि उक्त कार्यालयको हाकिमको कुर्सीमा छन् ।उमेश माथि ललितपुर मालपोतको प्रमुखका रुपमा कार्यरत रहँदा सरकारी जग्गा आर्थिक प्रलोभनमा व्यक्तिको नाममा हाल साविक गरेको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको छ । सो कार्यालयमा रहँदा गरिएका अनेकन बदमासी छरपष्ट हुने र कारवाहीमा पर्ने भयका कारण उनले ललितपुर नापी कार्यालय प्रमुख कुर्सी छोड्न नमानेको नापीकै कर्मचारीहरु बताउँछन् ।
Advertisement 2
उनी ७१ सालमा उपसचिवमा उक्लिएको देखिन्छ । त्यसपछि केही समय भूमि सुधार तथा व्यवस्था मन्त्रालय,नापी विभाग काठमाडौंमा काम गरेको अभिलेख भेटिन्छ । उमेशले प्रमुख नापी अधिकृतको रुपमा ७१ सालदेखि ७५ सालसम्म काम गरेको विवरण भेटिन्छ । अधिकृत हुँदा ८ नम्बर नापी गोश्वारा कास्कीमा अमिन,सर्भेक्षक हुँदै ६३ देखि ६९ सालसम्म नापी कार्यालय नै चाहारिरहे । कर्मचारी ट्रेड युनियनका आडमा भोला पोखरेल,केदार देवकोटा,मोहन घिमिरे,पुण्य ढकालहरुले एउटै कार्यालयमा लामो समय बिताएको भनेर के खेदो खन्नु उनीहरुको पनि ‘डन’कर्मचारी भेटिन्छन् नापी र मालपोततिर ।
यस्तै मध्येका पर्दछन् कर्मचारी उपसचिव त्रय भण्डारी दाजुभाई । २५ सालका लोक भण्डारी, ०२६ सालका देवी र ०२८ सालका शेर, तिनै भाइ लामो समयदेखि मालपोतमा जरा गाढेर बस्दै आएका छन् । जेठा लोक भण्डारी भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका हाकिम,भाई देवी कपिलबस्तु र कान्छा शेर झापा मालपोतका हाँक्दैछन् । उनीहरुको पनि पिआइएस हेर्दा जागिरे जीवनको लामो कालखण्ड मालपोतबाट दायाँबायाँ हुनु परेको छैन । निजामती सेवामा २७ बर्ष बिताएका भण्डारीका दुई भाई २४ बर्षदेखि मालपोतमै घुमेर जागिर खाइरहेका छन् ।
Advertisement 3
चाकडी र चाप्लुसी नजान्ने कर्मचारीहरु दुर्गमभन्दा दुगर्म जिल्लाका कार्यालयहरुमा पुगेर सेवा गर्न बाध्य छन् तर उनीहरु सुगम र त्यसमा पनि मालदार मानिने जग्गाको बढी क्रय विक्रय हुने क्षेत्रकै कार्यालयमा बसेर जागिर खाइरहेको अभिलेख भेटिन्छ ।