मेलम्ची नदीको पानी पथान्तरण गर्ने
मेलम्ची नदीको पानी पथान्तरण गर्ने र बाढीले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना काम तत्काल सुचालु गर्ने सहमति भएको छ ।
Advertisement 1
समिति र सिनो हाइड्रोबीच हिजो भएको सम्झौता अनुसार आकस्मिक परिस्थिति पर्न आए बाहेक बढीमा २८ दिनभित्र मेलम्चीको पानी पथान्तरणका लागि आवश्यक काम सम्पन्न गरिने भएको हो ।
खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यको अध्यक्षतामा मेलम्ची खानेपानी विकास समितिको हिजो बसेको बोर्ड बैठकले निर्माण व्यवसायीसँग एक समझदारी पत्रमा हस्ताक्षर गरी तत्काल निर्माण व्यवसायीलाई साइटमा परिचालनका लागि आवश्यक सहजीकरण र समन्वय गर्ने निर्णय गरेको हो ।
Advertisement 2
पथान्तरण पश्चात् दैनिक १७ करोड लिटरका दरले पानी उपलब्ध गराइने मेलम्ची खानेपान विकास समितिद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । गत साउनमा आएको बाढीले हेडवर्क्स र आयोजना स्थलसम्म पुग्ने सडकमा क्षति पुगेपछि मेलम्चीको पानी वितरण अवरुद्ध हुँदै आएको छ ।
निर्माण व्यवसायीसंगको ठेक्कामा सोही कामको लागि थप भेरिएसन गर्नुपर्ने, निर्माण व्यवसायीको नगद परिचालनमा समस्या भएको, सि.एम.सि. का स्थानीय आपूर्तिकर्ताबाट आवत जावतमा समेत अवरोध सिर्जना गरिएको लगायत बिभिन्न प्राविधिक तथा करारीय समस्याहरु पर्न आएकोले पानी पथान्तरणको कार्य सुचारु गर्न ढिलाई हुन गएको छ । यो समस्या समाधानका लागि खानेपानी मन्त्रालय तथा मेलम्ची खानेपानी विकास समितिबाट अथक प्रयास गरिएको छ । पथान्तरणमा ढिलाई भएको कारण काठमाण्डौं उपत्यकाबासीबाट दबावमूलक प्रदर्शनहरु हुदै आएकोमा मेलम्ची खानेपानी विकास समिति अझ बढी गम्भिर भएको विज्ञप्तीमा उल्लेख छ ।
Advertisement 3
पथान्तरण पश्चात मेलम्ची नदीको पानी दैनिक १७ करोड लिटरका दरले उपलब्ध गराइने छ र काठमाण्डौं उपत्यका खानेपानी लिमिटेडबाट सुन्दरीजल पानी प्रशोधन केन्द्रमा प्रशोधन गरी काठमाण्डौं उपत्यकामा वितरणका लागि पुनः उपलब्ध हुने छ ।