मन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारणलाइनको निरीक्षण

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हेटौँडा–ढल्केबर ४०० केभी सब–स्टेसनको निरीक्षण गरेका छन्।
Advertisement 1
मन्त्री श्रेष्ठको निजी सचिवालयका अनुसार सबस्टेसनमा निर्माणाधीन हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनका दुई वटा ‘मल्टिसर्किट टावर’ बारे उहाँले जानकारी लिएका छन्।
मन्त्री श्रेष्ठले देशको ऊर्जा मेरुदण्डको रूपमा रहेको टावरको काम समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन्।
Advertisement 2
यो प्रसारण लाइन निर्माण १२ वर्षअघि प्रारम्भ भए पनि विविध कारणले काम अवरुद्ध भएको थियो।
प्रकाशित :२०८३ आश्विन १८, आईतवार १४:३७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








