तीन सयभन्दा बढी कर्मचारी दुई महिनादेखि तलब कुर्दै

दुई महिनादेखि जनकपुरस्थित प्रादेशिक अस्पतालका तीन सयभन्दा बढी कर्मचारीले तलब पाएका छैनन् ।

Advertisement 1

प्रादेशिक अस्पतालले स्वास्थ्य सेवाबापत मासिक १ करोड रुपैयाँ आम्दानी गर्छ । स्वास्थ्यकर्मीहरूको तलब भत्तामा ६५ लाख र प्रयोगशाला, सर्जिकल सामान एवं सिटिस्क्यानको केमिकल र औजार खरिद गर्न ३५ लाख रुपैयाँ खर्च भइरहेको प्रतिष्ठानका रजिस्ट्रार डा. विनोदकुमार साहले बताए । ‘आम्दानीभन्दा खर्च बढी छ । खर्च धान्न या त सेवा शुल्क बढाउनुपर्‍यो वा सरकारले अनुदान दिनुपर्‍यो,’ साहले भने ।

वार्षिक १ लाख २५ हजार बिरामीलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको प्रादेशिक अस्पतालको अवस्था पनि नाजुक छ । एक सय शय्याको संरचना रहेको भवनमा ४ सय शय्या सञ्चालन गरिएको छ । भवन अभावमा बिरामीलाई रेफर गर्नुपर्ने बाध्यता छ । दैनिक ४० शिशुको जन्म हुने अस्पतालमा १० शय्याको एनआईसीयू रहेको अस्पतालका निर्देशक डा. प्रमोदकुमार यादवले बताए ।

प्रकाशित :२०७९ फाल्गुन ८, सोमबार १४:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry