झापाका तीन पालिका भोलि बिदा
हरिबोधिनी एकादशी (तुलसी विवाह)का अवसरमा झापाका तीन पालिकाले भोलि स्थानीय बिदा दिएका छन्। कचनकवल गाउँपालिकाले भने पर्सी शुक्रबार बिदा दिएको हो।
Advertisement 1
आदिवासी राजवंशी तथा अन्य बहुसङ्ख्यक समुदायले मनाउने हरिबोधिनी एकादशी पर्वका अवसरमा भद्रपुर नगरपालिका, बाह्रदशी गाउँपालिका र झापा गाउँपालिकाले हरिबोधिनी एकादशीकै दिन स्थानीय बिदा दिएका हुन्। कचनकवलले एकादशी सकिएको भोलिपल्ट बिदा दिएको गाउँपालिकाको सूचनामा उल्लेख छ।
स्थानीय बिदाका दिन पालिका र पालिका मातहतका वडा कार्यालयहरू, स्वास्थ्य संस्था, विद्यालय बन्द रहने सूचनामा उल्लेख गरिएको छ।
प्रकाशित :२०८० मंसिर ६, बुधबार १८:५०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%