माइतीघर–बानेश्वर निषेधित क्षेत्र घोषणा,५ जनाभन्दा बढी भेला हुन निषेध

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले काठमाडौँको माइतीघरमा ५ जनाभन्दा बढी भेला हुन निषेध गरेको छ।काठमाडौंको पद्यमोदय मोडदेखि सिंहदरबार पश्चिम गेट,सर्वाेच्च अदालत हुँदै माइतीघर मण्डलाको चौरतर्फ र माइतीघर मण्डलाको बबरमहल र नयाँबानेश्वर चोकसम्म निधेषित क्षेत्र घोषणा गर्दै ती स्थानमा ५ जनाभन्दा धेरै जम्मा हुन निषेध गरेको हो ।
प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले यी स्थानमा एक महिनासम्मका लागि निषेधित क्षेत्र घोषणा गरिएको जनाएका छन् । आजदेखि ३० दिनसम्मका लागि माइतीघरदेखि नयाँ बानेश्वरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको र ती क्षेत्रमा क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेलाई भई जुलुस, प्रदर्शन, धर्ना घेराउ, अनशन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न नपाइने भएको छ।
Advertisement 1
आगामी ७ मंसिरमा एमालेको युवा संगठन र व्यवसायी दुर्गा प्रसाईले एकैदिन सरकारविरुद्ध विरोध प्रदर्शन गर्न लागेसँगै ती क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको हो।