भ्रष्टाचार मुद्धामा अदालतबाट दोषी ठहर भएका रौनियार एमाले प्रवेशको तयारीमा

भ्रष्टाचार मुद्धा लागेर सांसद पद गुमाएका हरिनारायण रौनियार एमाले पार्टी प्रवेश गर्ने तयारीमा छन् ।  संघीय समाजवादी फोरम नेपालका सांसद हुँदा  रौनियारविरुद्ध अख्तियारले १९ करोड ३२ लाख २५ हजार ६ सय ९५ रुपैयाँ विगो माग दावी गरी मुद्दा दायर गरेको हो । यो सँगै उनको सांसद पद गुमेको थियो ।

Advertisement 1

राजनीतिक दलका आडमा ठेक्का पट्टा हात पारेर सयौं सडक र पुल अलपत्र पार्दै आएका रौनियार  पर्सा क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका पप्पुका मालिक सांसद रौनियारका छोरा सुमित, सडक डिभिजिन प्रमुखसहित १२ जनाविरुद्ध अख्तियारले  विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

भ्रष्टाचार निवारण ऐन २०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्बन्धी ऐन २०४८ अनुसार भ्रष्टाचारको मुद्दा दायर भएसँगै सार्वजनिक पद धारण गरेका व्यक्तिको पद स्वतः निलम्बनमा पर्ने हुँदा उनी निलम्बनमा परेका थिए ।

Advertisement 2

निलम्बित सांसद हरिनारायण रौनियारलाई भ्रष्टाचार मुद्दामा विशेष अदालतले साढे तीन करोड रुपैयाँ जरिवानाको सजाय सुनाएको छ । रौनियारको कम्पनी पप्पु कन्स्ट्रक्सनले गुणस्तरहीन पुल बनाएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा साढे तीन वर्षपछि फैसला सुनाउँदै विशेष  अध्यक्ष श्रीकान्त पौडेल र सदस्यद्वय यमुना भट्टराई तथा शालिग्राम कोइरालाको इजलासले सो मुद्दामा आठजनालाई दोषी र चारजनालाई सफाइ दिएको हो ।

०७९ वैशाख अन्तिम साता विशेष अदालतका न्यायधीशहरु अध्यक्ष श्रीकान्त पौडेल र सदस्यद्वय यमुना भट्टराई तथा शालिग्राम कोइरालाको इजलासले सो मुद्दामा आंशिक ठहरको फैसला सुनाउँदै आठजनालाई दोषी र चारजनालाई सफाइ दिएको थियो ।

Advertisement 3

निलम्बित सांसद हरिनारायण रौनियारलाई भ्रष्टाचार मुद्दामा विशेष अदालतले साढे तीन करोड रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो  । रौनियारको कम्पनी पप्पु कन्स्ट्रक्सनले गुणस्तरहीन पुल बनाएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा साढे तीन वर्षपछि फैसला सुनाउँदै विशेषले उनीसहित उनका छोरा सुमित रौनियार (पप्पु)लाई दोषी ठहर गरी जरिवाना सुनाएको थियो ।

तिनै रौनियार एमाले प्रवेश गर्ने तयारीमा छन् ।रौनियारले मधेशको मुद्दाबाट जसपा अलग भएको, एकाध व्यक्तिको मात्र पार्टी बनेको आरोप लगाउँदै आफू राजनीतिमै रहने र नेकपा एमालेमा प्रवेश गर्ने तयारी रहेको बताएका छन् । उनले एमालेको न्यायालय, प्रहरी, प्रशासन, कर्मचारी संयन्त्रमा पहुँच राम्रो छ, जसपा आफ्नो कार्यकर्ता बचाउन पनि नसक्ने पार्टी भएका कारण एमाले प्रवेश गर्न लागेको बताएका हुन ।

प्रकाशित :२०८० मंसिर १, शुक्रबार ०७:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry