करिब ४ लाख बराबरको सामान बरामद

सशस्त्र प्रहरी बलले करिब ४ लाख बराबरको सामान बरामद गरेको छ । सशस्त्र प्रहरी नेपाल नम्बर ४ गण हे. क्वा सुनसरीद्धारा ३ लाख ९३ हजार २ सय २० रुपैयाँ बराबरको भन्सार छलीको सामन बरामद हो ।

Advertisement 1

सुनसरी जिल्लाको बिभिन्न सीमावर्ती इलाकामा भारतीय बजारबाट लुकिछिपि भन्सार छलि नेपाल भित्राइएका लत्ताकपडा, किराना सामान, बच्चाको खेलौना र माछा समेत बरामद गरेको सुचना अधिकारी तथा सशस्त्र प्रहरी नायव उपरीक्षक सुधिर खतिवडाले जानकारी दिए ।

Advertisement 2

चाडपर्व लक्षित सुरक्षा योजना बनाइ सीमा इलाका तथा अन्य स्थानहरुमा रहेका युनिटहरुलाई प्रभावकारी रुपमा परिचालन गरिरहेको र सोहि योजना अनुसार परिचालन हुँदा सप्रबल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुर, कप्तानगंज, वि. ओ. पि. बसन्तपुर, बिओपि लौकही र बिओपि अमडुवाबाट खटिएको टोलीले बरामद गरेको डीएसपी खतिवडाले बताए ।

Advertisement 3

उक्त बरामद सामानहरु आवश्यक कारबाहीका लागि सुनसरी मुल भन्सार कार्यालय सेतुबन्धमा बुझाएको छ ।

प्रकाशित :२०८० कार्तिक ११, शनिबार १०:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry