सुनसान सिंहदरबार


दशैं बिदा पछि बुधबारबाट सरकारी कार्यालय खुले यद्यपि कार्यालयमा कर्मचारीहरुको पातलो उपस्थिती देखिन्थ्यो ।
मंगलबारबाट यो बर्षको दशैं विदा सकिएर बुधबारबाट सबै सरकारी कार्यालय खुलेर काम सुचारु हुनुपर्नेमा बिहीबारको दिन पनि कार्यालयहरु खाली देखिए ।
मुलुकको प्रमुख प्रशासनिक केन्द्र मानिने सिंहदरबारभित्रका मन्त्री,मुख्यसचिव,सचिवदेखि कर्मचारीहरु समेत कोरोना संक्रमणमा परिरहेका छन् ।
दशैं अघि नै विरामी भएर अप्रेशन गरिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठी अझै मन्त्रालय जान सकेका छैनन् । धापासीको ग्राण्डी अस्पतालमा पित्त थैलीको अपरेशन गरेका उनी कोरोना संक्रमणको उच्च जोखिम देखिएपछि क्वार्टरमै ओछ्यान लगाएर बसेका हुन् ।
मन्त्रालयका कर्मचारी, क्याबिनेटका अन्य मन्त्री तथा मुख्यसचिव समेतलाई संक्रमण पुष्टि भएपछि रोगी मन्त्रीहरूको विगतमा झैं फुत्त मन्त्रालय जाने र गफिने प्रक्रिया अवरुद्ध भएको छन् । यस्तै सुगरका रोगी शिक्षामन्त्री गिरिराजमणि पोखरेल पनि त्राहिमाम् छन् । पोखरेल पटकपटक रोगले च्यापेपछि वीर अस्पताल र पाटन अस्पतालमा भर्ना हुँदै आएका छन् । पछिल्लो पटक कोरोनाको आशंकामा केही साताअघि रातारात पाटन अस्पताल भर्ना भएका थिए । यसअघि पोखरेललाई स्वाईन फ्लु, मेनेन्जाइटिस्लगायत धेरैवटा रोगले आक्रमण गरेपछि अहिलेको अवस्थामा उनी निकै हच्किएका हुन् ।
यस्तै मुख्यसचिव शंकरदास बैरागी कोरोना संक्रमित भएका छन् । यस अघि भौतिक सचिव देवेन्द्र कार्कीलाई कोरोना संक्रमण भइसकेको छ । हालसम्म एक हजारभन्दा बढी कर्मचारीमा कोरोना संक्रमण पृष्टि भइसकेको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
यसरी कोरोना त्रासका कारण पनि अहिले सिंहदरबार सुनसानजस्तै बन्न पुगेको छ ।

प्रकाशित :२०७७ कार्तिक १४, शुक्रबार ०८:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry