आनाकानी नगरी उपमेयरले खुरुक्क तिरिन पाँच हजार

अञ्जनकुमार

Advertisement 1

दुई चार केजी स्याउ त्यति नै मात्रामा टमाटर र केही दर्जन केरा नाङ्लोमा राखेर गुजराको लागि बसेकी राइनास नपा ६ धमिलिकुवा कि मदिना मियाँले करदाता कार्यालयबाट प्यान नम्बर लिएपनि घरेलु कार्यालयमा उनको पसल दर्ता नभएको भन्दै सहायक सिडिओ गोकर्णराज सुयँल सहितको बजार अनुगमन टोलीले दुईहजारको जरिवाना काट्न भन्यो ।
नाङ्ले पसले त्यसमा पनि ग्रामीण ईलाका, हप्तौं दिन रुग्दापनि दुईचार सयको त व्यापार नहुने कहाँबाट ल्याएर दिनु दुई हजार ? भन्दै निन्याउरो  मुख लगाएकी मियाँलाई उद्योग बाणिज्य संघ इकाइ कार्यालयले केही गर्नुपर्दैन यहिको सदस्य भए हुन्छ भने पछि नै नाङ्ले पसल गरेकी थिइन् ।

परबाट उनको बिलौना सुन्दै गरेकी पर्यटन तथा उद्योग कार्यालय लमजुङ कि प्रमुख मिता कुमारी थापाले पर्दैन उहाँलाई जरिवाना नकाट्नुस भनेपछि राहतको महसुस गरेकी मियाँले थापालाई आशिष हालिन ।

Advertisement 2

जरिवाना गर्नु मात्रै ठुलो कुरा हैन नागरिकलाई सचेतता जगाउनु र व्यावसाय गर्दा अनुमति लिनुपर्छ है भनेर सचेत गराउनु पनि हो । कडा हुने ठाउँमा कडा र लचक बन्ने ठाउँमा लचक पनि बन्न सक्ने एक मात्रै महिला हाकिम मिताले चाडपर्वमा नागरिकहरुको स्वस्थलाई मध्यनजर गर्दै थालिएको बजार अनुगमनका क्रममा जनप्रतिनिधि कै पसलबाट समेत म्याद गुज्रिएका सामान फेला परेको जानकारी दिएकी छन ।

पर्यटन तथा उद्योग कार्यालयको संयोजन र जिल्ला प्रशासन कार्यालयको अगुवाइमा पत्रकार सहित लमजुङका विभिन्न ठाँउमा बजार अनुगमनका क्रममा मध्यनेपाल नगरपालिका कि उपप्रमुख सीता गुरुङकै पसलमा समेत व्यापक म्याद गुज्रेका खाद्य सामाग्री फेला परे । होलसेल पसल जस्तै गुरुङको पसलबाट ग्रामीण बस्तीहरुमा सामान ढुवानी हुने र काम गर्ने कामदारको लापरबाहीका कारण यस्ता सामाग्री फेला परेको भएपनि उपप्रमुख गुरुङले खुरुक्क कुनै विवाद नगरी पाँच हजार जरिवाना तिरिन ।

Advertisement 3

त्यस्तै म्याद गुज्रिएको सामान बेचेको भन्दै राइनास नगरपालिका वडा नम्बर ५ का अध्यक्षको अशोक किराना पसलले दुईहजार जरिवाना तिर्यो । म्याद गुज्रिएको सामान बेच्ने नियत नभएपनि पसलमा त्यत्ति ध्यानदिन नसक्दा त्यस्तो भएको अध्यक्षले बताए ।

जिल्लाका राइनास, मध्यनेपाल, सुन्दरबजार, दोर्दी, मर्स्याङ्दी लगायतका ठाउँमा अनुगमन गर्दा ठुलो मात्रमा म्याद गुज्रेका सामान फेला पार्नुका साथै अधिकाश पसल बिना इजाजत संचालन भएको, मदिरा र सुर्तीजन्य बस्तु बेच्न अन्त शुल्क कर नतिरेको, किनारा पसल भनिएपनि भेटेरिनरीका सामाग्रीदेखि मदिरासम्म राखेको, बिल बिजक नराखिएको, कुनै पसलमा पनि मूल्य सुची नभएको, उहीँ सामानको पसल पिच्छे फरकफरक भाउ भएको, र अधिकाश पसलमा म्याद गुज्रिएको सामान बेचेको पाइएको पर्यटन तथा उद्योग कार्यालय लमजुङ कि प्रमुख मिताले पुष्टि गरेकी छन ।

पछिल्लो समय निकै सक्रियता साथ गरिएको बजार अनुगमनका क्रममा त्यस्ता पसलहरु बाट पनि राम्रै राजस्व जम्मा भएको छ । आइतबार मध्यनेपाल नपाको ५८ पसलबाट मात्रै ७९ हजर ५ सय राजस्व जम्मा गरिएको छ । भने सुनपाको सुन्दरबजार र भोटेओडारका पसलहरुबाट जरिवानास्वरुप ३० हजार रुपैयाँ राजश्व संकलन गरिएको अनुगमन टोलिका सदस्य जिल्ला प्रशासन कार्यालयका दिनानाथ अधिकारीले ईकर्मचारी अनलाइनलाई जानकारी गराएका छन ।

प्रकाशित :२०८० आश्विन ३०, मंगलवार १४:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry