मनोरञ्जनका क्षेत्रमा मानव बेचविखन वृद्धि

चितवन। यहाँस्थित स्पा, होटल तथा मनोरञ्जन व्यवसायको तीव्र विस्तारसँगै आन्तरिक मानव बेचविखन र यौन शोषणको जोखिम बढ्दै गएको एक अध्ययनले देखाएको छ।

Advertisement 1

‘सामरी उत्थान सेवा’ ले तयार पारेको अध्ययन पत्रकार माझ भरतपुरमा सार्वजनिक गर्दै जातीय विभेद, हिंसा र बहिष्करणमा परेका दलित, लैङ्गिक तथा यौनिक अल्पङ्ख्यक (क्वीर) समुदायका ८५ प्रतिशत मानिस आन्तरिक मानव बेचविखन र यौन शोषणबाट पीडित बन्नुपरेको उल्लेख छ।

संस्थाका कार्यक्रम प्रबन्धक शिवहरि ज्ञवालीले सन् २०२४/२५ भरतपुर महानगरभित्र ३ वटा स्पा सञ्चालन रहेकोमा सन् २०२५/२६ मा त्यो सङ्ख्या २१ पुगेको छ, जुन ६०० प्रतिशतले वृद्धि भएको जानकारी दिए।

Advertisement 2

उनले होटल, डान्सबार, दोहोरी र स्पाजस्ता मनोरञ्जन क्षेत्रको नियमनका लागि छुट्टै कानुन नहुनु तथा स्थानीय सरकार सञ्चालन ऐनले दिएको अनुगमन अधिकार प्रभावकारी रूपमा कार्यान्वयन नभएकाले बेचबिखन र यौन शोषणको जोखिम बढ्दै गएको बताए।

अध्ययनमा सहभागी ६९ प्रतिशत दलित क्वीरले भोगेका हिंसा र विभेदका घटनालाई सञ्चार माध्यमले पर्याप्त प्राथमिकता नदिएको गुनासो गरेका थिए।

प्रकाशित :२०८३ असार २५, बिहीबार १२:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry